अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०४ | Colorodo: 08:19

मुहार फेर्दै बुढानिलकन्ठ मन्दिर, नयाँ व्यवस्थापन समितिले गर्‍यो यस्तो काम

सुर्य चन्द २०७५ कार्तिक २७ गते २३:१० मा प्रकाशित

बुढानिलकण्ठ नाराणस्थान मन्दिरको आफ्नै धार्मिक तथा ऐतिहासिक महत्त्व रही आएको छ । बर्सेनि लाखौँको सङ्ख्यामा यहाँ भक्तजनहरू मन्दिर दर्शन गर्न आउने गरेका छन् । पानीमाथि नागको आसन गरी विराजमान भगवान्को दर्शन गर्नाले मानिसको पाप नष्ट भई पुन्य कमाउने धार्मिक विश्वास रहिआएको छ । निकै पुरानो मन्दिर नारायण स्थान मन्दिरको व्यवस्थापन केही समय अगाडि निकै दयनिय थियो । वरिपरि यत्र तत्र छरिएको फोहोर देखिन्थ्यो । मन्दिर बाहिर मनपरी दान दक्षिणा उठाउने हरूको लर्को नै हुने गर्दथ्यो । साथमा त्यो उठेको रकम कहाँ र कसरी खर्च हुन्छ भन्नेमा सर्वसाधारण अनविज्ञ रहनु पर्दथ्यो ।

तर यतिखेर बुढा निलकण्ठ नाराणस्थान मन्दिरको मुहार फेरिएको छ । करिब १५ महिना पहिले स्कुल शाहको अध्यक्षतामा चयन भएको बुढा निलकण्ठ नाराणस्थान मन्दिर व्यवस्थापन समितिले यतिखेर मन्दिरलाई मन्दिर जस्तो बनाउन लागिपरेको छ । शाहको अध्यक्षतामा मन्दिर व्यवस्थापनले विभिन्न खालका सुधार र विकासका काम हरू गरेको छ जुन निकै प्रसंसनिय छ ।

शाहले सबैभन्दा पहिले मनपरी संस्थाले अनदीकृत रूपमा चन्दा उठाउने कार्यलाई बन्द गराए र आर्थिक व्यवस्था डिजिटल बोर्ड बाट प्रदान गरी आर्थिक व्यवस्थालाई पारदर्शीरुपमा दिन थाले । यस्तै अलपत्र रहेको गुरुकुल लाई पनि शाह अध्यक्ष रहेको नारायण स्थान व्यवस्थापन समितिले सुधार गरी सञ्चालनमा ल्याएका छन् । यसै गरी मन्दिरकोलागि भौतिक पूर्वाधारका कामहरू धमाधम भइरहेका छन् । मन्दिर वरिपरि सरसफाइको कार्य लाई तीव्रता दिइएको छ । मन्दिर वरिपरिको खाली जग्गामा दुबो लगाउने कार्य भइरहेको छ जसले मन्दिरको शोभा बढाउने काम गरेको छ । शाहले मन्दिरको गुरुयोजना समेत तयार पारी सकेका छन् । गुरुयोजनामा परेका सम्पदालाई छिटो भन्दा छिटो सम्पन्न गर्ने लक्ष्य रहेको शाहले जानकारी दिए ।

शाहको अध्यक्षतामा समिति गठन हुनु भन्दा पहिले व्यवस्थापन समितिको लागि एउटा अफिस सम्म नरहेको र यसको लागि आफ्नो समितिले ठुलो बिल्डिङ नै बनाएको शाह बताउछन । अहिले यो समितिको अफिस त्यसै बिल्डिङमा छ । शाहले आफ्नै शब्द लेखनमा बुढानिलकण्ठको इतिहास झल्किने भजन पनि निकालेकालेका छन् जसले गर्दा भजनको माध्यमले बुढा निलकण्ठ नारायण स्थान मन्दिरको इतिहास धेरैले जान्न सक्ने छन् । करिब आधा घण्टाको बसाइमा शाहले आफू कार्यसमितिमा रहुन्जेल सम्म मन्दिरको गुरुयोजना लाई पूर्णता दिन लागिपरेको बताए ।

 

प्रतिक्रिया