अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२२ | Colorodo: 05:37

कुशे औशी

समीर आचार्य २०७५ भदौ २४ गते १०:४१ मा प्रकाशित

कुशे औशी बुबाहरूको मुख हेर्ने दिन
छैन मैले बिर्सिएको बुवा एकै छिन
बुवा हजुर यतै कतै भएको लाग्छ भान
खै के हेर्लाउ मुख भनी समाइस्योस बरु कान

सबैका बुवा तिमीसँग भगवान् तिमीलाई होला सुख
सम्भव भए पठाऊ मेरो हेर्ने थिए मुख
यस्पाली चाइ कान समाउने मौका दिने छैन
हेर्छु मुख गर्छु पूजा औंशी पर्खिदिन

तिमीलाई भगवान् शायद सबै गर्लान् यही पुकार
सबैका बुवा फर्काउन नसकी होलाउ तिमी लाचार
बरु बुवा भएकालाई बाटो देखाए है
बुवा फेरि पाइन्न भनी मनन गराए है

मैले पनि बुझीराछु जिन्दगीको बाटो
सम्झाउँदा बुझाउदानि पर्ने मुटु भित्र फाटो
सबैले भोग्ने आफ्नै भाग्य अन्त्य उही माटो
कुश पानी आन्जुली अर्पण मुख हेर्ने साटो, मुख हेर्ने साटो ।

 

 

 

समीरका अन्य रचनाहरु

बुध्द बन तिमी-समीर आचार्य