अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२२ | Colorodo: 07:37

महको म पुस्तक विषयक अन्तरक्रिया कार्यक्रम भव्यताको साथ सम्पन्न

विजय थापा २०७५ साउन २० गते २२:४७ मा प्रकाशित

अमेरिकामा ‘महको म’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । वरिष्ठ हास्यव्यङ्ग्य कलाकार मदनकृष्ण श्रेष्ठको आत्मकथामा तयार पारिएको ‘महको म’ विषयक अन्तरक्रिया कार्यक्रम मेरिल्याण्ड राज्यको जर्मन टाउन नामक सहरमा सम्पन्न भएको हो | 

गत अगस्त ४ तारिख शनिवार मेरिल्याण्ड राज्यमा वरिष्ठ हास्यव्यङ्ग्य कलाकार मदनकृष्ण श्रेष्ठ सँग चर्चित पत्रकार प्रेम बानियाले उनको ‘महको म’ विषयमा अन्तरक्रिया गरेका थिए ।

पत्रकार बानियाले मदन कृष्ण श्रेष्ठको बारेमा चर्चा गर्दै विशाल महासागर जस्तो जीवन बाच्ने व्यक्तित्वको बारेमा बोल्न पाउँदा गौरवान्वित भएको बताएका थिए । उनले मदन कृष्णलाई मञ्चमा बोलाउँदा सबैलाई उठेर वहाँको नाम लिन आग्रह गर्दा दर्शकले एकै साथ कलाकार मदन कृष्ण श्रेष्ठको नाम लिएका थिए । 

कार्यक्रमको प्रारम्भमा अरबै मान्छेमा तिमि एक, मन मिल्ने मान्छे शीर्षकको गीत गाएका थिए । नेपालमा पनि धेरै ठाउँमा अन्तरक्रिया कार्यक्रम गरेको जानकारी दिँदै श्रेष्ठले दशौ पटक अमेरिका आएको बताएका थिए ।

मदनकृष्ण श्रेष्ठको आत्मकथा ‘महको म’ पुस्तक पत्रकार प्रेम बानियालाई पढ्न दिइएको थियो भने उनले उक्त पुस्तकबाट मुख्य रूपमा आफूले केही मुख्यहरू कुराहरू जिज्ञासा राख्नेका थिए । त्यसै सेरोफेरोमा उनले अन्तरक्रिया कार्यक्रम सुरुवात गरेका थिए ।

कलाकार श्रेष्ठले पत्रकार बानियाको सवालमा श्रेष्ठले आफ्नै मौलिक शैलीमा प्रस्तुत गर्दा दर्शक तथा स्वयम् कार्यक्रम प्रस्तोताले हाँसो रोक्न सकेका थिएनन् ।

कार्यक्रमको प्रारम्भमा उनको पुर्खौली घर जितपुर र उनले बाल्यकाल बिताएको घर सम्बन्धी तयार गरिएको श्रव्य दृश्य प्रस्तुति गरिएको थियो । पत्रकार बानियाले जितपुरको बाल्यकाल अवस्थामा गरेका, बाबुले ५ पटक बिहे गरेको छोराले हेरेको, ७ कक्षा पढ्दा सम्म ९ पटक विद्यालय फेरेको, कर्मचारी सञ्चय कोषबाट आफू भित्र निहित प्रतिभा सुरु भएको आदि इत्यादि सवाल राखेका थिए ।

कार्यक्रम प्रस्तोता बानियाले बाबुले ५ पटक बिहे गरेको छोराले हेरेको र ७ कक्षा पढ्दा सम्म ९ पटक विद्यालय फेरेको आदि इत्यादिमा दाइ भन्ने सम्बोधन गर्दै तपाईँमा गिनिज वर्ल्ड रेकर्डमा किन नाम नलेखाउने भनी जिज्ञासा राखेका थिए । साथै जीवनमा भोगेका अनेकौँ अविस्मरणीय क्षण, कर्मचारी सञ्चय कोषको वनभोजमा चिनिया शैलीमा प्रस्तुत गरेको स्मरण आदी इत्यादि सुनाउँदा दर्शक बेजोड हाँसेका थिए । त्यसका पृष्ठ भूमि समेतको चर्चा गर्दा झनै रमाइलो दर्शकले मानेका थिए । 

मदन कृष्णले ‘आत्मकथा लेख्न सजिलो हुन्छ होला भन्ठानेको तर मलाई ६ वर्ष लागेको बताए । आत्मकथा लेख्न सुरु गरेको बेलामा पत्नीलाई अबुर्द (क्यान्सर )भएर उपचारतिर लाग्नु परेकाले ‘महको म’ लेखनमा ढिलाइ भएको उनले बताए ।

महको म’ लेख्दा पार्किन्सन्स रोगले गर्दा निकै कष्टप्रद बनेको उनले बताए । पुस्तकमा श्रेष्ठको बाल्यकाल, प्रारम्भिक सङ्घर्ष, प्रेम र विवाहदेखि कलाकारितामा सफल हुँदा सम्मका उकाली ओराली, अबुर्द (क्यान्सर) रोग को सङ्घर्ष आदि इत्यादि समेटिएको छ ।

श्रेष्ठले अन्तरजातीय विवाहमा पनि निकै चर्चा गरेका थिए । यदि यस्तो नगरेको भए आफू यति फराकिलो दायरा आफू नहुने थिए भनी आफ्ना कुराहरू राखेका थिए । उनले आफ्नो बिहेमा पत्नी यशोदा सुबेदी को सट्टा निमन्त्रणा पत्रमा यशोदा मैया छापिएको समेत चर्चा गरेका थिए ।

पत्रकार बानियाले नरम शैलीमा अन्तर्वार्ता शैलीमा भन्दा कुराकानी जस्तै गर्ने भनी ठट्यौली पारामा जिज्ञासा राखेका थिए। श्रेष्ठले पनि निर्धक्क भएर आफ्नो बेइज्जत आफूले धेरै पटक गरे है भन्दै अब नगरौँ क्यारे भन्दै प्रतिप्रश्न बानियालाई गरेका थिए । 

प्रेम बानियाले उक्त पुस्तक पढे पछि बिर्सनै नसक्ने एक व्यक्तित्व तथा मदन कृष्ण श्रेष्ठका साथी दिल कुमार श्रेष्ठ जो १९७७ मा अमेरिका आएका जसले नेपालमा सँगै सांस्कृतिक समूह खोलेको प्रसङ्ग उल्लेख गर्दै उनलाई मञ्चमा बोलाएका थिए । केही कुरा सोधेका थिए ।

कलाकार मदन कृष्ण श्रेष्ठले ५ वटा जति गीत गाएका थिए भने पत्नीलाई सम्झना गर्दै आफू अब हाँसेर जीवन बिताउने बताएका थिए । केही क्षण गम्भीर हुँदा दर्शक पनि गम्भीर तथा भावुक बनेका थिए ।

कार्यक्रमको २७ वर्ष अगाडी डिसी महानगर क्षेत्रमा स्थापना भएको अमेरिका मै अत्यन्तै क्रियाशील नेवा समुदायको गैर मुनाफा सामाजिक संस्था आयोजना नेपा पास पुचः अमेरिकाय (एनपीपीए ) ले गरेको हो । 

संस्थाको तर्फबाट अध्यक्ष राजु जोशीले स्वागत गर्दै प्रायोजक तथा सबैलाई धन्यवाद दिएका थिए । यसै गरी मेरिल्याण्ड तथा पेनसेलभेनियाका लागि नेपाल सरकारका अवैतनिक महा वाणिज्य दूत प्रेम राजा महतले पनि मदन कृष्ण श्रेष्ठको बारेमा केही कुराहरू राखेका थिए । कार्यक्रमको सुरुवातमा कार्यक्रम सञ्चालन निभा प्रधानले गरेकी थिइन् ।

नेपा पास पुचः अमेरिकाय (एनपीपीए ) ले विगतमा पनि यस्ता उच्च स्तरीय कार्यक्रम गर्ने गर्छ भने मदनकृष्ण श्रेष्ठको आत्मकथा ‘महको म’ पुस्तक विषयक अन्तरक्रिया कार्यक्रम अत्यन्तै उच्च स्तरीय रहेको थियो । 

प्रतिक्रिया