अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४९ | Colorodo: 14:04

गायिका सरु गौतमको तिज गीत चाइनाको रेल सार्वजनिक(भिडियो सहित)

सुर्य चन्द, काठमाडौँ २०७५ साउन ३ गते ७:०४ मा प्रकाशित

गायिका सरु गौतमले नेपाली हिन्दु महिलाहरूको महान् चाड हरितालिका तिजको अवसरमा नयाँ तिज गीत “चाइनाको रेलमा” लिएर आएकी छिन l लगातार उनले एक पछि अर्को सफलता हासिल गर्दै अगाडी बढी रहेकी सुमधुर आवाजकी धनी सरुले भर्खरै मात्र तिज गीत सार्वजनिक गरेकी हुन् । गायिका ‘सरु’ नेपाली सुगम सङ्गीतमा चल्तीको नाम हो । सुमधुर स्वरकी धनी सरु पछिल्लो समय पप गीत, आधुनिक गीत, तिज गीत तथा लोक गीत र चलचित्रको पार्श्व गायन तथा अन्य उनका चर्चित गीतहरूका कारण बढी चर्चामा रहँदै आएकी छिन l 

व्यवसायी तथा गीतकार कुमार कटुवालको शब्द तथा दीपक शर्माको सङ्गीत रहेको यस गीतको म्युजिक भिडियोमा मोडल सुप्रिया कटुवाल, सबि कटुवाल तथा गायिका सरु गौतमको बेजोड अभिनय तथा नृत्य देख्न सकिनेछ । छायाँकार उत्सब दाहालले छायाङ्कन गरेको उक्त भिडियोलाई देबेन्द्र पाण्डेले निर्देशन गरेका छन् भने सुशील न्यौपानेले सम्पादन गरेका छन् । 

भिडियो हेर्नुहोस्

प्रतिक्रिया