अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४८ | Colorodo: 05:03

सर्वाधिक व्यस्त तथा महँगा फेशन, मोडलिङ कोरियोग्राफरको रूपमा स्थापित चर्चित कोरियोग्राफर आश्विनी कान्त झा

सुर्य चन्द, काठमाडौँ २०७५ असार २१ गते १८:५९ मा प्रकाशित

विगत डेढ दशक देखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताहरू, विभिन्न चर्चित फेशन सोहरू, कार्यक्रम सञ्चालन, मोडलिङ तथा ईभेन्ट म्यानेजमेन्टमा निरन्तर सक्रिय रूपमा आफूलाई प्रस्तुत गर्दै आएका बहुचर्चित फेसन कोरियोग्राफर हुन् आश्विनी कान्त झा । लामो समय देखि निरन्तर आफूलाई परिष्कृत, परिमार्जन तथा परिपक्व बनाउँदै आएका नेपाली फेसन मोडलिङ र सौन्दर्य प्रतियोगिताहरूमा चर्चित बनेर आफूलाई स्थापित बनाउन सफल व्यक्तिको रूपमा परिचित फेशन कोरियोग्राफर आश्विनी कान्त झा बहुप्रतिभाको धनी बौद्धिक ब्यत्क्तिको रूपमा यस क्षेत्रमा परिचित छन् । विभिन्न विधामा आफ्नो अनुभव संगालेका आश्विनले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएका नेपाली फेशन संसारका प्रतिनिधि पात्रहरूलाई कोरियोग्राफी तथा ग्रुमीङ मार्फत र्याम्पमा उतारिसकेका छन् ।

सन् २००३ बाट मोडलिङ क्षेत्रमा प्रवेश गरेका उनले सुरुवाती दिनमा विभिन्न फेशन सो तथा फेशन वर्कसपहरुको आयोजना तथा सहभागी हुँदै आएर अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त चर्चित कोरियोग्राफर कौषिक घोष मार्फत ट्रेनीङ लिएर घोषको सहायक कोरियोग्राफर भई विभिन्न अनतराष्ट्रिय स्तरको फेशन सो तथा सौन्दर्य प्रतियोगिताहरूमा ट्रेनरको भूमिकामा समेत निर्वाह गरेको उनी सँग अनुभव छ । सन् २००५ मा सुर्यकला सुपर मोडल कन्टेष्टमा सहभागी भएर मिस्टर ट्यालेन्टको उपाधि जित्न सफल अहिलेका चर्चित कोरियोग्राफर आश्विनी त्यस पछि सुर्यकला ग्रुपको अफिसियल मोडल तथा ट्रेनर भई भारत तथा नेपालको विभिन्न सहरमा आफ्नो गुरु सँग मुख्य सहायक कोरियोग्राफर भएर फेशन सो तथा सौन्दर्य प्रतियोगिताहरूमा कोरियोग्राफी गरिसकेका छन् l त्यसै गरी अन्तर्राष्ट्रिय जगतमा मिस्टर एण्ड मिस इण्डिया एटिट्युड, जेडि ईन्स्च्य़ुट ग्वालियरको मोडलिङ वर्कशप, मिस इन्डिया तथा इण्डियन सुपर मोडलको फेशन सो को आयोजना तथा कोरियोग्राफी समेत गरिसकेका छन् l

आफ्नो अथक मेहनत र परिश्रमले छुट्टै पहिचान बनाउन सफल चर्चित कोरियोग्राफर आश्विनी कान्त झा सन् २००९ मा नेपाल मुभी हाउसको आयोजनामा सम्पन्न भएको “मिस टिन काठमाडौँ”को कोरियोग्राफी मार्फत स्वदेशमा चर्चा कमाउन सफल झाले उक्त प्रतियोगिता मार्फत नयाँ प्रयोगहरू समेत गरी यस क्षेत्रलाई नयाँ युगमा प्रवेश गराएका थिए l उक्त समयमा प्रायजसो सौन्दर्य प्रतियोगिताहरूमा अङ्ग्रेजी तथा फाष्ट ट्रयाकका म्युजिकहरूमा कोरियोग्राफी हुँदै आएकोमा उनले प्रतियोगिताहरूमा भक्ति सङ्गीत, नेपाली पहिचान झल्किने मौलिक सङ्गीतलाई कोरियोग्राफीमा ल्याएर त्यस समयको दर्शक प्रतिक्रियामा सम्पूर्ण प्रतियोगीहरुलाई देवीको रूपमा प्रस्तुत गर्न समेत सफल भएका थिए l उनको यही उदारणीय कार्यको साथमा उनको चर्चा समेत यस क्षेत्रमा चुलिएको थियो भने आफूलाई सक्षम प्रतिभावान कोरियोग्राफरको रूपमा स्थापित गराएका थिए l

त्यस पछिका वर्षहरूमा आफ्नो कामलाई निरन्तरता दिँदै मिस टिन, लिटल मिस नेपाल, मिसेस् नेपाल, मिसेस् नेपाल इन्टरनेश्नल, मिस नेपाल आइकन, मिसेस् नेपाल आइकन, नेपाल्स फेस अफ द ईयर, मिस टिन अफ द इयर, मिस टिन +२, मिसेस् नेपाल टुरिजम, मिस टिन टुरिजम, लिटल मिस नेपाल आइकन, मिस टिन ग्याल्म,मिसेस् नेपाल ग्याल्म, मिसेस् नेपाल ग्राण्ड, मिसेस् नेपाल एलीगेन्स, नेपाल सुपर मोडल कन्टेष्ट, मिस ग्यालेक्सी, मिस टिन युनिभर्सल लगायत अन्य धेरै राष्ट्रिय सौन्दर्य प्रतियोगिताहरूमा पहिलो संस्करण अर्थात् स्थापना काल देखि अहिले सम्म गरी लगभग ३०० भन्दा बेसी सौन्दर्य प्रतियोगिता तथा दर्जनौँ फेशन सो तथा डिजाइनर कन्टेष्टहरुमा आफ्नो कुशल कोरियोग्राफी दक्षता प्रदर्शन गरिसकेका छन् l

सौन्दर्य प्रतियोगिता तथा फेशन सो तथा अन्य कार्यक्रममा कोरियोग्राफीको रूपमा चर्चित, व्यस्त तथा सर्वाधिक महँगा कोरियोग्राफरको रूपमा परिचित आश्विनी कान्त झाले राष्ट्रिय स्तरका दर्जनौँ सौन्दर्य प्रतियोगिताहरूमा निर्णायकको भूमिका समेत निर्वाह गरी सकेका छन् l विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको सम्मान तथा अवार्ड समेत जित्न सफल आश्विनी झाले भर्खरै मात्र र्याम्पजोन एक्सिलेन्सि अवार्ड बेष्ट कोरियोग्राफरको सम्मान समेत हात पार्न सफल भएका थिए l इन्फिनिटि इन्टरटेनमेन्ट प्रालि सी इ ओ समेत रहेका आस्विनिले आफ्नै कम्पनीबाट मिस तराई, परम्परा फेशन सो, संस्कृति सुपरमोडल सो, सुपर मोडल अफ द ईयर २०११ जस्ता सफल इभेन्टहरु समेत सञ्चालन गरिसकेका छन् l

सर्लाही जिल्ला स्थायी घर भई काठमाडौँलाई कर्मथलो बनाएका चर्चित मोडल तथा कोरियोग्राफर आश्विनी कान्त झा यस क्षेत्रको एक हस्तीको रूपमा मोडलिङ क्षेत्रमा परिचित छन् l

प्रतिक्रिया