अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१० | Colorodo: 22:25

मिलापकर्मी गीतलाई सम्मान

सुर्य चन्द, काठमाडौँ २०७५ असार २५ गते ९:३० मा प्रकाशित

मिलाप मासिक र मिलाप न्युज डटकमकी कार्यकारी सम्पादक गीत अधिकारीलाई ‘ओएस नेपाल पत्रकारिता सम्मान २०७५’ बाट सम्मानित गरिएको छ । राजधानीमा आइतबार भएको दोस्रो ओएस नेपाल म्युजिक अवार्ड २०७५‘मा गीतालाई सो सम्मान प्रदान गरिएको हो ।

जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित अवार्ड समारोहमा गायिका तथा सभासद् कोमल बलि, पत्रकार ऋषि धमला ओएस नेपालका विवेक कार्कीलगायतले अधिकारीलाई माला, खादा सहित प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो ।

कान्तिपुर साप्ताहिकका कृष्ण भट्टराई, रेडियो नेपालका चन्द्रमणि गौतम र राम अविरल, टिभी टुडेका रमेश बस्नेत, रातोपाटी डटकमका कुवेर गिरीले समेतले ‘ओएस नेपाल पत्रकारिता सम्मान २०७५’ प्राप्त गरेको समारोहमा हिमालयन टाइम्स दैनिकका गोपी कृष्ण चापागाई र रमाइलो छका उत्सव रसाइलीलाई ‘ओएस नेपाल पत्रकारिता प्रोत्सान २०७५’ पुरस्कार प्रदान गरिएको थियो । 

प्रतिक्रिया