अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०४ | Colorodo: 15:19

बरिष्ट गायक आनन्द कार्कीको धर्मपत्नी श्रीमती ईश्वरी कार्कीको दुवै मृगौला पीडित भएको हुँदा सहयोगको अपिल

सुर्य चन्द, काठमाडौँ २०७५ साउन २० गते ११:०१ मा प्रकाशित

नेपाली साङ्गीतिक क्षेत्रका एक नक्षत्र सदाबहार चर्चित बरिष्ट गायक आनन्द कार्कीको धर्मपत्नी ईश्वरी कार्की विगत केही समय देखि दुईवटानै म्रीर्गौलाले काम गर्न नसकेर म्रीर्गौला पीडित भई उपचार गर्ने क्रममा किड्नी डाइलसिस पद्धतिमा हुनु हुनुहुन्छ । २० औ वर्ष देखि साङ्गीतिक क्षेत्रमा अहोरात्र लागि परेर नेपाली साङ्गीतिक क्षेत्रलाई यहाँ सम्म पुर्‍याउन तथा सम्पूर्ण सङ्गीत प्रेमीहरूको मन मुटुमा बस्न सफल बरिष्ट गायक आनन्द कार्कीलाई यो ठाउँ सम्म ल्याउन उहाँको धर्मपत्नीको साथ सहयोग हामीले कहिले बिर्सन सक्दैनौ । 

इण्डिया लगायत अहिले नेपालमा उपचारार्थ गायक आनन्द कार्कीको धर्मपत्नी ईश्वरी कार्कीको उपचार गर्ने क्रममा धेरै आर्थिक भार पर्न गएको हुँदा, उहाहरुलाई अहिले आर्थिक कठिनाइ समेत भोग्नु परेको छ । दुवै मिर्गौला खराब भएको हुँदा उहाँलाई अहिले मिर्गौला प्रत्यारोपण गर्नुपर्ने भएको छ त्यसकोलागी अझ धेरै आर्थिक भार पर्न गएको हुँदा तसर्थ देश विदेशमा रहनु भएका साङ्गीतिक क्षेत्रका महानुभाव, सङ्गीत प्रेमी, कला कर्मी, समाजसेवी तथा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सकेको आर्थिक सहयोग सङ्कलन गरी सबैको मन मुटु मस्तिष्कमा बस्न सफल चर्चित गायक आनन्द कार्की तथा उहाँको धर्मपत्नी ईश्वरी कार्कीको उपचारमा सहयोग गर्न हार्दिक अपिल गर्दछौ । उहाँ मधुमेय रोगको समेत पीडित हुनुहुन्छ ।

मानव धर्मलाई आत्मासाथ गर्दै सम्पूर्ण मनकारी मन, समाजसेवीहरूमा सहयोगको अपेक्षा सहित आफूले सकेको सहयोग गरी हामीले हाम्रो तर्फबाट सहयोग पुर्‍याउन सके बरिष्ट गायक आनन्द कार्की तथा उहाँको धर्मपत्नी ईश्वरी कार्कीलाई केही राहत महसुस हुने देखिएको हुँदा उहाँको जिबनरक्षाको लागि पहल गर्दै सम्पूर्ण सहयोगीमनहरु समक्ष हार्दिक अपिल गर्दछौ ।

सहयोगका लागि नेपाल ईन्भेस्टमेन्ट बैङ्क दरबारमार्गको खाता नं: ००१०५०१००५४९६७
Nepal Invesmet Bank Durbar Marg : 00105010054967
Ananda karki (आनन्द कार्की)

थप जानकारीको लागि : गायक आनन्द कार्की सम्पर्क न : +९७७-९८५१०-४६२३३, +९७७-९८४३९३५६७७,

अभियन्ता सूर्य चन्द: ९८५१०४३९३२

जीवन -आफ्नो लागी मात्र त पशुले पनि बाचेको हुन्छ यहाँ संसारमा, एक चोटि अरूको लागि पनि बाचेर हेर त ? जीवन कति सुन्दर छ अनि अरूको लागि बाचेर पाउने खुसिनै आनन्द हो, सत्य हो, अनि धर्म पनि हो l

हामी सधैँ केही गर्न सकेनौ भन्छौ -जीवनमा, राम्रो काम गर्न सकेनौ भन्छौ। तर कमसेकम राम्रो काम गर्ने लाइ साथ त दिन सक्छौ नि ? त्यसो भए तपाइहरू पनि आफ्नो क्षेत्र बाट सक्दो सहयोग गरौँ l अनि जीवनमा पुण्य कमाऊ राम्रो काम गर्ने लाई साथ दिउ, हातमा हात मिलाई अगाडी बढौँ l

न यहाँ राम छन्, न यहाँ बुद्ध आउँछन् न त कृष्ण र जिससनै, यहाँ केवल असल मान्छे जन्मिन्छन् देवको प्रतिनिधित्व गरेर जो तपाईँ पनि हुन सक्नु हुनेछ तपाईँको आत्मा भित्रनि देबत्तो बसेको हुन सक्छ l तसर्थ हामी सम्पूर्ण नेपाली मिलेर उहाहरुलाई सहयोग गरौँ ।

प्रतिक्रिया