अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३५ | Colorodo: 22:50

तेस्रो ग्लोबल नेपाली फिल्म अवार्ड पनि अमेरिकामै हुने

सुर्य चन्द, काठमाडौँ २०७५ असोज २२ गते १३:०० मा प्रकाशित

ग्लोबल नेपाली फिल्म अवार्डको तेस्रो संस्करण हुने भएको छ । संयुक्त राज्य अमेरिकाको नर्थ क्यारोलिना राज्यको सारलोटको क्विन सिटीमा आगामी डिसेम्बर २२ तारिखमा अवार्ड आयोजना गरिने भएको हो ।

नेपाली चलचित्रकर्मीहरूलाई सम्मान पुरस्कार र प्रोत्साहन गर्ने हेतुले ग्लोबल नेपाली फिल्म अवार्ड गर्न लागिएको आयोजकले प्रेस विज्ञप्ति मार्फत जानकारी गराएका छन् । जिएनएफए र लभ एन्ड सर्पोट फाउन्डेसन (501C-3) युएसएको संयुक्त आयोजनामा हुने यो अवार्डको आयोजकमा युएसएबाट मनोज राई, लभ एन्ड सर्पोट फाउन्डेसनका निर्देशक शिव विष्ट रहेका छन् भने नेपालबाट नेपाल फिल्म सोसाइटीका मदुकुमार श्रेष्ठ संयोजक रहेका छन् ।

विगत २ वर्षमा दुई संस्करण संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यको डेनभर सहरमा सफलता पूर्वक सम्पन्न भएको यो अवार्डले ‘नेपाली सिनेमा भिलेज टु ग्लोबल’ नारा अघि सारेको छ । नेपाली चलचित्रकर्मीहरूलाई सम्मान, पुरस्कार र प्रोत्साहनका साथै सिनेमाको बजार प्रवर्द्धन, पुनर्मिलन र चलचित्र पर्यटन अवार्डका उद्देश्य रहेको आयोजकद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । अवार्डका लागि चाँडै नै छनोट समिति गठन हुने र त्यसपछि पत्रकार भेटघाट गरिने नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्ल, ग्लोबल नेपाली फिल्म अवार्डका अध्यक्ष नवराज श्रेष्ठ, लभ एन्ड सर्पोट फाउन्डेसनका अध्यक्ष मनोज राईद्वारा जारी गरिइएको विज्ञप्तिमा भनिएको छ । 

प्रतिक्रिया