अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१४ | Colorodo: 03:29

फिल्म वीराङ्गनाको पोष्टर सार्वजनिक

समीर बलामी, काठमाडौँ २०७५ जेठ २२ गते १२:५१ मा प्रकाशित

यही असार २९ मा देशभर रिलिज हुने फिल्म वीराङ्गनाको चार पोष्टर सार्वजनिक गरिएको छ । लभस्टोरी एकशन वीराङ्गनाको पोष्टरमा कलाकारहरू अनुप विक्रम शाही, शिल्पा पोखरेल र पृथ्वी राज प्रसाईलाई प्रस्तुत गरिएको छ । पोष्टरमा शिल्पा पोखरेललाई घोडा र बाँदरसँगै एक्शन लुक्समा पनि प्रस्तुत गरिएको छ । फिल्मको प्रचार सुरुसँगै फिल्मले गीत, पोष्टर लगायतका प्रचार सामाग्रीहरू सार्वजनिक गरिरहेका छन् । 

एक्शन जनराको नारी प्रदान फिल्ममा निर्देशक राज बहादुर सानेको निर्देशन, हरिबोल लामाको छायाङ्कन र तारा थापाको सम्पादन रहेको छ । फिल्ममा बाबुराम दास, श्याम बहादुर थापा, रघु परियार, देव तामाङ र विमला भट्ट निर्माता तथा सह निर्माता सुमि चाम्लिङ राई रहेका छन् । फिल्म वीराङ्गना र्फोथ आई मुभिजको ब्यानरमा निर्माण गरिएको हो । फिल्ममा शिल्पा, अनुप र पृथ्वीराज को अलावा धिरेन शाक्य, प्रज्वल गिरी, प्रिया रिजाल, ध्रुव कोइराला, सुशील पोखरेल, अंशु थापा, अमृत सापकोटा लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । फिल्ममा दीपक शर्माको सङ्गीत, कविराज गहतराजको नृत्य र श्री श्रेष्ठको द्धन्द निर्देशन रहेको छ । फिल्मको वितरणको जिम्मा काठमाडौँमा बि के फिल्मस्का गोपाल कायस्थ र काठमाडौँ बाहिर एफडि कम्पनीले लिएका छन् ।

निर्देशक राज शहादुर साने:
सिमाना क्षेत्र र अपराध नियन्त्रणनमा सशस्त्र प्रहरीले पु¥याएको योगदान र महिला सशस्त्र प्रहरीको वीरताको बारेमा फिल्मले बोलेको छ । एक्शन सँगै लभस्टोरी र सङ्गीतको पनि मिश्रण फिल्ममा रहेको छ ।

अनुप विक्रम शाही:
सशस्त्र प्रहरीको योगदान माथि बनेको फिल्म भएकोले मैले त्यही भित्रको एउटा पात्रको भूमिका निर्वाह गरेको छु । नारी सशस्त्र प्रहरीसँगको सहकार्यलाई मैले राम्रो तरिकाले फिल्ममा प्रस्तुत गर्ने प्रयास गरेका छौँ ।

शिल्पा पोखरेल:
मलाई नारी प्रदान र सामाजिक फिल्महरू मन पर्छ । त्यसै कारण पनि मेरो लागि विराङ्गाना विशेष छ । पहिलेकै जस्तै एक्शन, लभ र गीतमा मलाई दर्शकले पाउँनेछन् । म सँगै बाँदर र घोडाको कलात्मक कलाले अझ दर्शकलाई मनोरञ्जन बढी दिनेछ ।