अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०८ | Colorodo: 06:23

जय शम्भुलाई सिंगलका सबै ठुलो हल

समीर बलामी, काठमाडौँ २०७५ भदौ २ गते ६:३४ मा प्रकाशित

काठमाडौँ बाहिर थपियो दुई दर्जन हल

काठमाडौँ । शुक्रवारबाट रिलिजमा आएको फिल्म जय शम्भुले सुरुवाती शोबाट दर्शकको साथ राम्रो पाएको छ । सिंगल थिएटरमा ६० प्रतिशत अकुपेन्सि कायम राखेको फिल्मले मल्टिप्लेक्समा शुक्रवार ४५ देखी पचासको मात्र अकुपेन्सि कायम गरेको थियो । हिन्दी फिल्मले पनि साँचे अनुसारको व्यापार नगरेपछि राजधानीका सबै हलले फिल्म जय शम्भुलाई ठुलो पर्दा दिइएको छ । काठमाडौँको गोपी, गुण, अष्ट, गङ्गा, कलङ्की, बाराही लगायतका धेरै स्क्रिन भएको हलहरूले जय शमभुलाई शनिवार बिहान देखी ठुलो पर्दा दिइएको छ । 

यस्तै काठमाडौँ बाहिर पूर्व र तराई क्षेत्रमा गरेर २३ वटा हल थपिएको निर्माता दिनेश शाही तथा वितरक गोपाल काजी कायस्थले दाबी गरेका छन् । मोफसलका वितरक एफडि कम्पनीले अझै हलहरू थपिरहेको बताएका छन् । फिल्मलाई सिंगल थिएटरमा शतप्रतिशत राम्रो प्रतिक्रिया मिलेको छ भने मल्टिप्लेक्समा मिश्रित प्रतिक्रिया मिलेको छ । काठमाडौँमा २१ वटा हलमा लागेको जय शम्भुले शनिवारबाट काठमाडौँ बाहिर ६ दर्जन हल पाएको छ । फिल्ममा पछिल्लो समयका दुई एक्शन स्टार प्रशान्त ताम्राकार र अनुप विक्रम शाही भएका कारण पनि फिल्म नेपाली दर्शकहरूका आशावादी रहेको छ । यस्तै फिल्ममा वर्षा सिवाकोटीको पनि अभिनय रहेको छ । जसले एक्शनसँगै रोमान्टिक लभ स्टोरी पनि समावेश गरेको छ । फिल्मलाई रुपेश तामाङले निर्देशन गरेका हुन् । दिनेश शाही प्रस्तुतिकर्ता रहेको फिल्ममा अरविन्द्र शाक्य निर्माता रहेका छन् भने चक्र पाख्रिन कार्यकारी निर्माता रहेका छन् ।