अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०९ | Colorodo: 09:24

पल र पूजालाई सूर्य अवार्ड, म यस्तो गीत गाउँछु उत्कृष्ट फिल्म

समीर बलामी, काठमाडौँ २०७५ भदौ ३१ गते १०:०१ मा प्रकाशित

काठमाडौँ, सूर्य ईन्टरनेशनल अवार्ड-२०१८ सम्पन्न भएको छ । जापानको टोकियो अवस्थित नाकानो जिरो हलमा अवार्ड समारोह सम्पन्न भएको हो । १२ विधा र मास पपुलर ४ विधामा मा दिइएको अवार्डमा उत्कृष्ट फिल्म म यस्तो गीत गाउँछु र उत्कृष्ट नायक पल शाह र नायिका पुझा शर्मा भएका छन् । दर्शकले दिएको भोटको आधारमा दिइएको अवार्ड मा पल र पूजा दुवै फिल्म म यस्तो गीत गाउँछु बाट उक्रिष्ट भएका हुन् । यस्तै उत्कृष्ट निर्देशक फिल्म म यस्तो गीत गाउँछु बाट्नै सुदर्शन थापाले अवार्ड उचालेका छन् । अन्य विधाहरूमा उत्कृष्ट सपोर्टिङ पुरुषतर्फ प्रशान्त ताम्राकार र महिला तर्फ वर्षा राउत घोषित भएका छन् ।

आयोजकले भोटिङ्गको आधारमा बाहेक आयोजकले मास पपुलरको आधारमा ४ वटा अवार्ड वितरण गरिएको छ । गत वर्ष प्रदर्शनमा आएको फिल्महरूबाट रहने गरी नायक, नायिका, निर्देशक र फिल्म गरी ४ विधामा अवार्ड वितरण गरिएको हो । जसमा उत्कृष्ट नायकमा अनमोल केसी, नायिकामा सम्राज्ञी राज्य लक्ष्मी शाह, निर्देशकमा प्रदीप भट्टराई र फिल्ममा छक्का पन्जा २ रहेको छ । यस्तै अवार्ड समारोहमा नेपालकी पहिलो हास्य अभिनेत्री वसुन्धरा भुसाललाई लाइफ टाइम एचिभमेन्ट अवार्ड-२०१८ प्रदान गरिएको छ । यस्तै ३ दशकदेखि नेपाली फिल्म क्षेत्रमा क्रियाशील सदाबहार नायक भुवन केसीलाई सूर्य कलाकारिता सम्मान-२०१८ प्रदान गरिएको छ । निरन्तर चलचित्र पत्रकारितामा कलम चलाउँदै आउनुभएका समिप्यराज तिमल्सेनालाई नगद २५ हजार जापनिज येन सहित सूर्य चलचित्र पत्रकारिता-२०१८ बाट पुरस्कृत गरिएको छ । यस्तै निरन्तर फोटो पत्रकारितामा सक्रिय रहनुभएका फोटो पत्रकार श्रीधर पौडेललाई पनि नगद १५ हजार सहित पुरस्कृत गरिएको छ । 

अवार्ड समारोहमा गीतको ६ विधामा लोकतर्फ गायक रामजी खाण र गायिका सम्झना लामिछाने मगर उत्कृष्ट घोषित भएका छन् । यस्तै पपतर्फ कमल खत्री गायक र गायिका इन्दिरा जोशी उत्कृष्ट भएका छन् । यता आधुनिक तर्फबाट राजेश पायल राई र मेलिना राई गायक गायिका घोषित भएका छन् । अवार्डमा नेपालबाट ४ दर्जन कलाकारहरू उपस्थित भएका थिए । यस्तै जापानलाई कर्मथलो बनाइरहेका नेपाली चलचित्र तथा गीत सङ्गीत क्षेत्रलाई माया गर्ने पाँ सय भन्दा बढी दर्शकहरू उपस्थित रहेको थियो । अवार्ड समारोहले नेपाली कला, संस्कृति को संरक्षण तथा नेपाली फिल्म र गीत सङ्गीतको प्रवर्धनमा टेवा पुग्ने आयोजकले दाबी गरेका छन् । 

अवार्ड समारोह पछि जापानमा निरन्तर नेपाली फिल्म रिलिज गर्ने तयारी गरिएको आयोजक संस्थाका अध्यक्ष वासुदेव लामिछानेले बताएका छन् । कार्यक्रम भोटिङ्ग सिस्टमको लागी बीइआईटी कम्पनीका पवन थापाले जिम्मा लिएका थिए ।