अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४२ | Colorodo: 04:57

अमेरिकामा मोडलिङ गर्दै सुनिक्षा

समीर बलामी, काठमाडौँ २०७५ साउन २३ गते ११:०६ मा प्रकाशित

दिलीपसँग लाखौँ तस्बिर सार्वजनिक
काठमाडौँ । सपनाको कुनै सीमा हुँदैन, त्यस्तै चाहनाको पनि कुनै गन्तव्य हुँदैन । जहाँ जसरी भए पनि मान्छेले आफ्नो चाहना व्यक्त गर्न सक्छन् र चाहे अनुसार त्यसलाई पुरा गर्ने कोसिस पनि गर्छन् । जहाँ समस्या त्यहाँ उपाय भने जस्तै विदेशमा गएर पनि मोडलिङ गर्न सकिन्छ भने उदाहरण हो सुनिक्षा । सुनिक्षा मैनाली बच्चा देखिनै स्कुले जीवनमा डान्स गर्ने गर्थिन् । पछि ठुलो भएर डान्सर हुने, मोडलिङ गर्ने उनको इच्छा थियो तर समयसँगै परिवारले उनलाई आइटी पढाउनको लागि अमेरिका पठाइन् । उनी १० वर्षदेखि अमेरिकामा आइटी सम्बन्धी अध्ययन गर्दै आई रहेकी छिन् । अमेरिका गएदेखीनै विभिन्न नेपाली सांस्कृतिक कार्यक्रमहरूमा आफ्नो प्रस्तुति दिन थालेकी उनले बिस्तारै फुर्सदको समयमा मोडलिङ सुरु गरेकी हुन् । 

उनले दिलीप रायमाझी र राज भल्लब कोइराला लगायत अमेरिकामै रहेका चर्चित मोडलहरूसँग गीतमा अभिनय गरिसकेकी छिन् । बिस्तारै फिल्मको तयारी गरिरहेकी सुनिक्षा आफ्नो चाहनालाई समय अनुसार पुरा गरिरहेकी बताउँछिन् । उनले नेपाली कला, संस्कृति झल्किने खालका कार्यक्रमहरू अमेरिकामा गर्दै आइरहेको पनि बताएकी छिन् । राजेश पायल राईको स्वरमा रहेको चमेलीको, दीपक लिम्बुको ह्यापि बर्थ डे, मिलन अमात्यको लाखौँ तस्बिर, रामकृष्ण दकालको कहाँ बाट लगायतका आधा दर्जन भन्दा गीतहरूमा उनले अभिनय गरिसकेकी छिन् । पछिल्लो समय उनको लाखौँ तस्बिर नामको गीत सार्वजनिक भएको थियो । उक्त गीतमा मिलन अमात्यको स्वर रहेका छ । यस्तै सुनिक्षाले गीतमा दिलीप रायमाझीसँग रोमान्स गरेकी हुन् ।