अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२५ | Colorodo: 17:40

अमेरिकाको विश्वविद्यालयद्वारा सूक्ष्मग्रहको नाम नेपाली मूलकी छोरी देविना थापा नामाकरण गर्दै सम्मान

विजय थापा २०७५ जेठ १९ गते १४:०० मा प्रकाशित

अमेरिकाको म्यासाचुसेट्स राज्यमा १ सय ५७ वर्ष अगाडी स्थापित म्यासाचुसेट्स इन्सटिट्युट अफ टेक्नोलोजी(एमआईटि) विश्वविद्यालयले नेपाली मूलकी छोरी लाई सम्मान गर्दै सूक्ष्मग्रहको नाम “देविना थापा ” नामाकरण गरी दिएको छ। विश्व कै उत्कृष्ट विश्व विद्यालय मै विशेष श्रेणीमा आउने एमआईटि विश्वविद्यालयले नक्षत्र को नाम १८ वर्षीय देविना थापा को नाम राख्नु निकै अर्थ राख्दछ ।

एमआईटिले विज्ञान र प्रविधिको क्षेत्रमा उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्ने क्रममा देवीना थापाको अनुसन्धान कार्यको सम्मान गर्दै नयाँ ग्रह को नामाकरण ” देविना थापा ” रहने छ ।

यस नामाकरण को प्रमाण पत्र वितरण गर्दै एमआईटि ले देविनाले सन् २०१७ मा स्वास्थ्य क्षेत्रमा गरेको अनुसन्धान र विभिन्न अन्तर राष्ट्रिय प्रतियोगितामा हासिल गरेको सफलताको प्रशंसा गर्दै नयाँ ग्रहको नाम देविना थापा रहेको प्रमाणित गरेको छ ।

म्यासाचुसेट्स इन्सटिट्युट अफ टेक्नोलोजी(एमआईटि) लिङ्कन प्रयोगशाला अन्तरिक्ष विभाग का प्रमुख ग्रान्ट एच स्टोक्सले देविना थापालाई सन् २०१७ मा दोस्रो इन्टेल अन्तर राष्ट्रिय विज्ञान तथा इन्जिनियर्स मेलामा दोस्रो स्थान हासिल गरेकोमा तिमीलाई सम्मान गर्दै सूक्ष्म ग्रहको नाम राखेको घोषणा गरेको पत्र लेखेका छन् ।

उक्त विश्वविद्यालय भौतिक विज्ञान तथा अभियन्त्रणा (ईन्जीनिरिङ्ग) को शिक्षा तथा अनुसन्धान गर्ने विषयमा चर्चित प्रसिद्ध भएता पनि जीव-विज्ञान ,अर्थशास्त्र ,बहु भाषा अध्ययन सम्बन्धी तथा व्यवस्थापन सम्बन्धी सहित अहिले लोकप्रिय छ ।

निजी अनुसन्धानमा विश्व ख्याति प्राप्त उक्त सुप्रसिद्ध विश्वविद्यालय म्यासाचुसेट्सको क्यामब्रिज सहरमा अवस्थित छ । अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको स्टरलिङ्ग सहरमा बसोबास गर्ने १८ वर्षीय देविनालाई समाज सेवामा उतिकै क्रियाशील छिन् । गर्मीको बिदामा छुट्टी मनाउन नेपाल जान रुचाउने उनी केही वर्ष गत वर्ष गर्मीको मौसममा उनी नेपाल पुगी माइती नेपालमा २ हप्ताको स्वयम् सेवक रूपमा काम समेत गरेकी छिन् ।

नेपालमा आएको विनाशकारी महा भूकम्पले धनजन को क्षति भए पछि पैसा सङ्कलन गरेर शिक्षण अस्पताल महाराज गंजलाई १ लाख २० हजार तथा आफ्नो जन्म दिन स्विट सिक्सटिन (मधुर सोह्र ) को अवसरमा उनले प्राप्त रकम ५० हजार नेपाली रुपैयाँ माइती नेपाललाई दिएकी थिइन् । अमेरिकाको प्रतिष्ठित लाउडन एकाडेमी अफ साईन्समा प्रवेश पाउने एक नेपाली मूलकी छात्रा देविना थापा भएकी छिन् । देविनाको अनुसन्धान अल्टरनेट अफ एन्टीबायोटिक ” अर्थात् प्रति जैविक को विकल्प पत्ता लगाउनु रहेको छ । 

प्रतिक्रिया