अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१४ | Colorodo: 07:29

 नक्कली नोट छापेको थाहा थिएन : दीपेन्द्र के खनाल

नेपाल समाचारपत्र २०७५ जेठ ३ गते १९:०७ मा प्रकाशित

काठमाडौँ । नक्कली नोटको कारोबार अभियोगमा बुधबार पक्राउ परेका निर्माता माधव वाग्लेले ‘सुटिङ प्रयोजन’का लागि सो नोट छापेको बताए पनि सम्बन्धित फिल्मका निर्देशक दीपेन्द्र के खनालले यसबारे आफूलाई थाहा नभएको र नोटको काम बाँकी रहेको बताएका छन्। यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

‘रकम कहाँबाट कसरी ल्याइयो, भाडामा ल्याइयो वा छापेर ल्याइयो मलाई थाहा भएन’, दीपेन्द्रले बिहीबार भने– ‘चंगा चेटको एउटा सिनका लागि ठूलो रकम जरुरी थियो। त्यो सिनमा ठूलो डकैती हुने र रकम भेटिने थियो। ज–जसले पैसा भेट्छन्, बाँडेर लिनुपर्ने सिन थियो। त्यसमा प्रायः सबै कलाकार थिए। आयुष्मान देशराज, सन्दीप क्षत्री, रवीन्द्र झा, सुरक्षा पन्त, ज्याक श्रेष्ठलगायतका कलाकारको सिन थियो त्यो। तर, सन्दीप र रवीन्द्रलाई विदेश जानुपर्ने भएकाले केही सिन पछि गर्ने गरी प्रेसरमा मुख्य–मुख्य सिन खिचियो।’

दीपेन्द्रले भने– ‘सुटिङ वनस्थलीतिर भएको थियो। कामको एकदमै प्रेसरमा थिएँ। त्यसैले त्यतिका रकम कहाँबाट कसरी ल्याइयो दुवै साइडमा प्रिन्ट छ छैन, साइन के छ, नम्बरहरू के लेखेको छ, केही पनि हेरिनँ र याद पनि भएन। त्यसबारे आइडिया पनि भएन। सोधखोज नगरेकाले कहाँ गएर कति छापेको भन्ने पनि मलाई थाहा छैन। भाडामा ल्याएको हो कि छापेर ल्याएको हो भन्ने पनि मलाई थाहा भएन। 

सम्बन्धित सामग्रीहरू