अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१५ | Colorodo: 07:30

२८ सहसचिवको सरुवा, अधिकांश स्थानीय तहमा (नामावली)

नेपाल समाचारपत्र २०७५ जेठ ११ गते १९:२८ मा प्रकाशित

काठमाडौँ। सरकारले २८ जना सहसचिवको सरुवा गरेको छ। १६ सहसचिवको सरुवा तथा बढुवा भएका १२ जनाको पदस्थापना गरिएको हो। याे खबर अाजकाे नेपाल समाचारपत्रले लेखेकाे छ ।

सरुवा भएका अधिकांश सहसचिवलाई स्थानीय तहमा पठाइएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव शिवलाल तिवारीलाई प्रदेश नम्बर ३ को प्रदेश प्रमुखको कार्यालय पठाइएको छ। सोही मन्त्रालयका शेषनारायण पौडेललाई कास्की पोखरा महानगरपालिकाको कार्यालयमा पठाइएको छ।

चक्रपाणि पाण्डेलाई दाङ घोराही उपनपा कार्यालयमा सरुवा गरिएको छ। मन्त्रालयका सुमन घिमिरेलाई धरान उपमहानगरपालिका कार्यालय सुनसरीमा, तोयनारायण सुवेदीलाई नेपालगन्ज उपमहानगरपालिका कार्यालयमा, शिवकुमार कार्कीलाई जितपुर सिमरा उपमहानगरपालिका कार्यालय बारामा तथा छविलाल रिजाललाई इटहरी उपमहानगरपालिक कार्यालयमा सरुवा गरिएको छ। त्यसै गरी ज्ञानराज सुवेदीलाई प्रदेश १ को सामान्य विकास मन्त्रालयमा पठाइएको छ। त्यस्तै पुष्पराज शाहीलाई हेटौंडा उपमहानगरपालिका कार्यालयमा, उमेश ढुंगानालाई जनकपुर उपमहानगरपालिका कार्यालयमा, हुमकला पाण्डेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा, भीष्मकुमार भुसाललाई वीरगन्ज महानगरपालिका पर्सामा सरुवा गरिएको छ। यस्तै, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव गोपीकृष्ण खनाललाई प्राकृतिक स्रोत तथा वृत्त आयोगमा, राष्ट्रिय योजना आयोगका तुलसीप्रसाद गौतमलाई सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका जानकी वल्लभलाई लोकसेवा आयोग, सङ्घीय मामिला अतिरिक्त समूहका भुपाल बराललाई सामान्य प्रशासन मन्त्रालय नै राखिएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका दिनेश भट्टराईलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाइएको छ भने सङ्घीयका सनद केसीलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरण पठाइएको छ। सङ्घीयकै आनन्दराम केसीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा खटाइएको छ। साथै, सङ्घीय मामिला अतिरिक्त समूहका निता पोखरेल अर्याललाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पठाइएको छ भने सङ्घीयका शिवराम न्यौपानेलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाइएको छ। 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका रूपनारायण भट्टराईलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा खटाइएको हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका शङ्कर अर्याललाई सङ्घीय मामिलाको अतिरिक्त समूहमा खटाइएको हो भने उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय कर्णालीका विद्यानाथ झालाई मुख्यमन्त्री कार्यालय कर्णाली प्रदेशमा खटाइएको छ। वन तथा वातावरण मन्त्रालयका धिरेन्द्रकुमार प्रधानलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय सुर्खेत खटाइएको छ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयकी आभा श्रेष्ठलाई सङ्घीय मामिलाको अतिरिक्त समूहमा खटाइएको हो। सामाजिक विकास मन्त्रालय प्रदेश १ विराटनगरका वासुदेव शर्मालाई सोही प्रदेशको मुख्य मन्त्रीको कार्यालय खटाइएको हो। सङ्घीय मामिलाका रामकृष्ण सापकोटालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको छ।

सम्बन्धित सामग्रीहरू