अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१५ | Colorodo: 21:30

अग्रिम निर्वाचनको हल्ला चल्नु स्वाभाविक हो : माधव नेपाल

गोरखापत्र २०७८ फागुन २२ गते २१:२३ मा प्रकाशित

काठमाडौं, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सदन अवरुद्ध भइरहेको अवस्थामा अग्रिम निर्वाचनको हल्ला चल्नु स्वाभाविक भएको बताउनुभएको छ।

आइतबार प्रतिनिधिसभा बैठकपछि पत्रकारसँग कुरा गर्दै यस्तो बताउनुभएको हो। अध्यक्ष नेपालले सदन पनि चल्न नदिने, भत्ता पनि खाने अनि हामीलाई हैरान पार्ने अवस्थाको अन्त्यको लागि अग्रिम निर्वाचन पनि एउटा विकल्प भएकाे सङ्केत गर्नुभएको हो।

‘लामो समयदेखि सदन अवरुद्ध भइरहेको अवस्थामा अग्रिम निर्वाचनको हल्ला चल्नु स्वाभाविक हो’, अध्यक्ष नेपालले भन्नुभयो।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले आफ्नो पार्टी सदैव संसदीय विधि र प्रक्रियामा विश्वास गर्ने भएकाले महाभियोगको प्रक्रियालाई ठीक ढङ्गले निकास दिन महाभियोग सिफारिस समितिमा रहने सदस्यको नाम पठाएको बताउनुभयो।

‘बैठकमा विरोध जारी छ, स्थानीय तहको निर्वाचन सार्ने हो वा के गर्ने हो ?’, नेम्वाङले भन्नुभयो, ‘हामी हेर्दैछौँ तर निर्वाचनमा जान भने डराउँदैनौँ।’

File Photo

सम्बन्धित सामग्रीहरू