अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३७ | Colorodo: 06:52

एजेन्डामा सहमति भयो भने हामी सरकारमा जान्छौँ : अध्यक्ष लामिछाने

बिआरटीनेपाल २०७९ पुष ४ गते १२:३६ मा प्रकाशित

काठमाडौँ, ४ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारमा जाने वा नजाने भन्ने विषयमा पार्टीभित्र छलफल सुरु भएको बताएका छन् ।

सोमबार निर्वाचन आयोगले गरेको जलपान समारोहपछि सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रपतिले सरकार गठनको आह्वान गरेसँगै आफ्नो पार्टीभित्र पनि सरकारमा जाने वा नजाने भन्ने विषयमा छलफल सुरु भएको बताएका हुन् ।

उनले अहिलेसम्मको अभ्यास सरकारमा दल जाने कि नजाने रहेको बताउँदै आफ्नो पार्टीले भने एजेन्डालाई सरकारमा लाने कोसिस गरिरहेको जानकारी दिए । पार्टीले उठाएको एजेन्डा अगामी सरकारको प्राथमिकतामा पर्‍यो र त्यस विषयमा सहमति भयो भने मात्रै सरकारमा सहभागी हुने उनको भनाइ छ ।

उनले जनतासँग गरेका प्रतिबद्धता र एजेन्डा पूरा गर्ने प्रतिबद्धता भयो भने परिवेश बेग्लै बन्न सक्छ, अन्यथा सरकारमा जानका लागि मात्रै जानुको कुनै औचित्य नभएको धारणा उनले व्यक्त गरेका छन् ।

दैनिक नेपालबाट

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू