अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४२ | Colorodo: 01:57

एक करोड ५० लाख नगदसहित हुन्डी कारोबारी पक्राउ

गोरखापत्र २०७८ फागुन २२ गते २१:२० मा प्रकाशित

काठमाडौं । एक करोड ५० लाख नगदसहित प्रहरीले काठमाडौंको बाफलबाट हुन्डी कारोबारीलाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको बाफल बस्ने अमित अग्रवाललाई पक्राउ गरेको महानगरीय प्रहरी कार्यालयका एआईजी हरि पालले जानकारी दिनुभयो ।

अग्रवाल अवैध हुण्डी करोबारमा संलग्न भएको सूचनाका आधारमा त्यहाँ पुगेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको पालले बताउनुभयो ।

सम्बन्धित सामग्रीहरू