अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४० | Colorodo: 00:55

अब बन्ने भयो धरहरा र रानीपोखरी पनि

नेपाल समाचारपत्र २०७५ वैशाख ३१ गते १८:४२ मा प्रकाशित

काठमाडौँ महानगरपालिकाले स्थानीयको जनसहभागितामा काष्ठमण्डप पुनर्निर्माण आरम्भ गरेको छ। स्थानीय जनताले सोमबार काष्ठमण्डपको जग र परिसरमा क्षमापूजा गरी सो कार्यको सुरुआत गरेका हुन्।

कामपाको सहयोगमा स्थानीयले आइतबारै पुनर्निर्माण सुरु गरेको काष्ठमण्डप पुनर्निर्माण समितिका संयोजक राजेश शाक्यले जानकारी दिनुभयो। उहाँका अनुसार पहिलो चरणमा काठ छनोट गरी अन्य काम अघि बढाइनेछ।

काष्ठमण्डपको पुनर्निर्माणको लागतबारे अहिले नै निक्र्योल भइनसकेको बताउँदै शाक्यले आवश्यक पर्ने सम्पूर्ण रकम महानगरले बेहोर्ने जानकारी दिनुभयो। स्मरणीय छ, यसअघिको स्टिमेटमा काष्ठमण्डप पुनर्निर्माण गर्न करिब १९ करोड रुपियाँ लाग्ने उल्लेख गरिएको थियो।

स्थानीय समितिले काष्ठमण्डप क्षेत्रमा पर्ने सबै वडा अध्यक्ष, विभिन्न दलका प्रतिनिधि, स्थानीय क्लब, सङ्घसंस्थालगायतलाई सहभागी गराएर पुनर्निर्माण सुरु गर्न लागेको हो। २०७२ साल वैशाख १२ गते गएको शक्तिशाली भूकम्पले ध्वस्त भएको काष्ठमण्डप ३ वर्षपछि बल्ल पुनर्निर्माण हुन लागेको छ। यसअघि काष्ठमष्डपको इतिहासको विषयमा उत्खनन भइसकेको थियो।,यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

सम्बन्धित सामग्रीहरू