अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२० | Colorodo: 03:35

काठमाडौंका यी १० ठाउँमा बन्दैछ आकाशेपुल

नेपाल समाचारपत्र २०७५ वैशाख २२ गते १९:१४ मा प्रकाशित

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले राजानीको १० स्थानमा आकाशेपुल  निर्माण गर्ने भएको छ । व्यापारिक प्रायोजनका लागि नभई बटुवा आवतजावत गर्ने प्रयोजनका लागि स्टिल स्ट्रक्चरको आकाशेपुल निर्माण गर्न लागेको हो ।

सडक विभागको परामर्शअनुसार साउन महिनादेखि ती पुल निर्माण हुनेछन् । करिब ५ करोड रुपैयाँ लागतमा निर्माण हुन लागेका सबै आकाशेपुल ट्रान्सपरेन्ट हुनेछन् । कामपाले चाबहिल, नयाँ बानेश्वर, कोटेश्वर, माइतीघर, कालिमाटी, गौशाला, बागबजार, त्रिपुरेश्वर, महाराजगञ्ज चोक र बबरमहल गरी १० स्थानमा आकाशेपुल निर्माण गर्न लागेको   जनाएको छ ।

सम्बन्धित सामग्रीहरू