अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१५ | Colorodo: 20:30

नेपाली चलचित्र कोहलपुर एक्सप्रेस भर्जिनियामा मे १३ मा प्रदर्शन हुने

विजय थापा २०७५ वैशाख १५ गते ९:३७ मा प्रकाशित

नायिका केकी अधिकारीको प्रस्तुतिमा तयार भएको चलचित्र ‘कोहलपुर एक्सप्रेस’ भर्जिनियामा मे १३ मा प्रदर्शन हुने भएको छ । विशाल भण्डारीको कथा तथा निर्देशन रहेको चलचित्रमा प्रियंका कार्की, ऋचा शर्मा, केकी अधिकारी, विनोद न्यौपाने, बुद्धि तामाङ, रविन्द्र झा, कुशाग्र भट्टराई लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । 

चलचित्र पूर्ण रूपमा कमेडी(हास्य) बनाउन खोजिएको छ । लचित्रमा भद्रबहादुर शाही, देविलाल न्यौपाने, शिवप्रसाद चौलागाइको लगानी छ । चलचित्रमा अर्जुन तिवारीको छायाङ्कन, लोकेश बज्रचार्यको सम्पादन, विशाल भण्डारीको कथा, शान बस्न्यातको पटकथा तथा संवाद, कालीप्रसाद बाँस्कोटा, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको सङ्गीत छ ।

उक्त चलचित्रको बारेमा अमेरिकाको डिसी क्षेत्रमा बसोबास गर्दै आएका कलाकार पुष्कर पन्तले जानकारी दिँदै नेपालमा सफलता पूर्वक चलेको चलचित्र भएको बताए । पन्तले अगाडी भने यस क्षेत्रमा नेपाली चलचित्र लाई माया गर्ने तथा चलचित्र प्रेमीहरू रहेकोले सबैलाई आएर मनोरञ्जन गर्दै पेट मिचिमिचि हाँस्न अनुरोध गरेका छन् ।

चलचित्र भर्जिनिया को फल्स चर्च स्थित डिसी सिनेमा लोह्मंस प्लाजामा प्रदर्शन हुने छ । मे १३ तारिख आइतबार दिनको २ बजे प्रदर्शन हुने छ । सम्पर्क विराट बाबु मल्ल, नवीन केसी तथा पुष्कर पन्तलाई गर्न सकिने छ ।

टिकट दर (प्रवेश पत्र ) प्रति व्यक्ति $ १५ डलर राखिएको छ ।

प्रतिक्रिया