अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३६ | Colorodo: 11:51

नयाँ वर्षलाई स्वागत

मोहन सिटौला २०७४ चैत २९ गते २२:३४ मा प्रकाशित

मादक कविता बन्छ, जब स्थिति छ मादक
मूहुर्त मादकै बन्छ जब सङ्गति मादक
उत्तेजितै सबै बन्दाबन्दै साल पुरानो त्यो
लिएछ नि बिदा त्यसले ! गर्दै स्वागत नव्यको !

मनुवाहरुलाइै नै तिथि, मिति र वर्षको
खाँचो र ख्याल रहन्छ ऋतु, मौसम—चक्रको
माटो र ढुङ्गो सारामा चेतना हाल्छ मानुष
रचना, ध्वंस अनन्त गर्छ यो नर—राक्षस !

तै पनि नित्य यात्रा छ उठी, उठाई उच्चमा
जाने नै ध्येय यसको छ गरे रै नित्य सिर्जना
अतीत, आज औ भोलि, वेदान्त, बुद्ध, बाइबल
अन्यान्य धर्म, सिद्धान्त, सङ्घसंस्था सुमङ्गल

गर्ने, गराउनेमा नै लागेकाछन् सधैँभरि
सिर्जना , रचना राम्रा गदै जाऊँ जुनीभरि
कटुता नगरौँ कहिल्यै, गरेमा नदोह्या्उँ त्यो
गल्ती सुधारौं हे शम्भो ! मानव ईश नै त हो !
नयाँवर्ष ! सबैलाई यस्तै सन्देश दे अहो !