अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०७ | Colorodo: 18:22

भानुभक्तको २०5 जन्मजयन्तीको अवसरमा

मोहन सिटौला २०७५ साउन १ गते १३:०६ मा प्रकाशित

रामायणका अतिरिक्त भानुभक्तले व्यक्ति, परिवार र समाजको आचरण सुधार्ने, जेलको दीन हीन अवस्थाको चित्रण गर्ने, कर्मचारीको ‘भोलि भोलि’ भनी काम टार्ने र कोसेली अनि घुस लिने चलनको व्यङ्ग्य विरोध गर्ने काम पनि आफ्नो काव्यबाट गरेका छन् । बालाज्यू र कान्तिपुरी कविताले उनलाई एक सफल र उच्चस्तरीय रोम्यान्टिक कविको रूपमा पनि उतारेका छन् ।

यसरी हामीलाई आफ्नो भाषा दिने र जीवन जगत् अनि मानवीय मर्यादाका महान् पाठ पढाउने आदिकवि भानुभक्तको यो योगदानलाई हामीले जहिले पनि उच्च मान, मर्यादा र वहुमूल्य निधिको रूपमा कायम राखेर हामीले आआफ्ना इच्छा र क्षमता अनुसारका जेजस्तो पेसा जहाँजहाँ अपनाए पनि स्वच्छ नेपाली भाषा, साहित्य , संस्कृति लगायत सुप्रीय र व्यापक नेपाली अस्मिताको पहिचान र गौरव बढाउने काम, कर्तव्य र अधिकारको सदुपयोग गर्नु पर्छ । आज उनको २०४ रौँ जन्मजयन्तीको अवसरमा उनीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नु हामी सबैको पावन कर्तव्य हो । धन्यवाद ।