अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३३ | Colorodo: 10:48

अविनाशी यात्रा

मोहन सिटौला २०७४ चैत ६ गते १०:२९ मा प्रकाशित

हाम्रा मित्र थिए समाज र प्रिया साथी सँगाँती आहा
सारै प्रेम थियो घुमिघुमि रह्यौँ सौन्दर्यकानन्दमा

अनेसास थियो भयो जगतको नेपालको स्वर्णको
नयाँकाल र माल रत्न जितने अष्टेलिया स्वर्गको

नित्यै यत्न भयो गरे सकल ती विदेश औं देशमा
सारा मिल्न पुगे गरे सकलमा नेपाल मौलाउन

धेरै भाव भरी सुशीलहरूले कामै गरे यत्नले
माया मोहन मर्म कर्म दिलले सुह्रृदयी भावले

यस्तैमा पथमा मिले जनहरू यात्री ‘अवीनाशी’का
रामै राम भयो मिले सकल ती लामा भए यात्रुका

यात्रा मङ्गलमानका रहरका जिज्ञासा रहस्यका
दुर्गा सिंहवहान शक्ति सुषमा स्रष्टा ती सौजन्यका

हाम्रो काल विहाल दुष्ट छ कठै ! सम्हाल हे पालक
स्रष्टा सिर्जनमा निरन्तर रहून् संस्था रहून् रक्षक ।