अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५४ | Colorodo: 02:09

अमेरिकाको प्रसिद्ध फोर्ब्सको “फोर्ब्स ३० वर्ष मुनीका ३०” २०१८ को सूचीमा नेपाली चेली कञ्चन

विजय थापा २०७४ चैत १३ गते २०:२९ मा प्रकाशित

विश्व कै सर्वाधिक धनीहरूको सूची निकाल्ने फोर्ब्सले “फोर्ब्स ३० वर्ष मुनिका ३०” २०१८ को सूचीमा नेपाली चेली कञ्चन अमात्य छनौटमा परेकी छिन् ।

उनलाई फोर्ब्स एसियाको लागि फोर्ब्स ३० वर्ष भन्दा मुनिका ३० महिला सामाजिक उद्यमीको रूपमा उनको नाम राख्दै सम्मान गरेको हो । काठमाडौँ ललितपुर निवासी तथा हाल अमेरिकाको न्यु योर्क बस्दै आएकी कञ्चन अमात्य पिता जगदिस मान अमात्य तथा माता कृष्ण अमात्यकी कान्छी सुपुत्री कञ्चन अमात्य ,जोली अमात्यकी बहिनी पनि हुन् l 

२०१८ फोर्ब्स ३० अन्डर ३० एसिया नामक उक्त सूचीमा अमात्य लगायत प्रसिद्ध व्यक्तिहरू परेका छन् । उक्त सूचीमा हिरोशी मिकितानी, प्रमुख कार्यकारी अधिकारी (सिइयो) -राकुटेन, सिनो भेसन उद्यमका काइ फु ली, सङ्गीत निर्देशक, कलाकारहरू लगायत अन्य सम्मानित भएका छन् ।

अमात्य भन्छिन “विश्वभरका लाखौँ महिलाहरू भेदभावको सामना गर्छन् र आजका अवसरहरूलाई कम पारि दिन्छन् । यो मान्यता मलाई महिलाहरूको लागि सक्रिय, सुरक्षित र निष्पक्ष रूपमा भाग लिनको लागि नयाँ अवसर सिर्जना गर्न मेरो यात्रामा लड्नको लागी प्रेरणा दिएको छ । तिनीहरूलाई गरिबीबाट बचाउन मद्दत गर्दछ उनी भन्छिन ।

बिघटन तथा नवीन पद्धति नामक विषय वस्तु तय गरिएको यस वर्षको सूची विशेषताका ३ सय खेल परिवर्तन गर्ने ३० वर्ष तल उमेरका लाई १० वर्गमा विभाजित बनाइएको थियो । जसले परम्परागत ज्ञानलाई चुनौती दिँदै तथा भावी पिढीहरुका लागि नियमहरूलाई पुन: लेखन गर्ने रहेको थियो । उक्त १० वर्गमा कला, मनोरञ्जन तथा खेलकुद, वित्तीय तथा उद्यम पुँजी, सञ्चार, बजारीकरण तथा विज्ञापन आदि रहेका थिए । 

२३ वर्षीय अमात्य युवा नेपाली सामाजिक उधमी तथा हाल उनी युएन महिला ग्लोबल च्याम्पियन फर वुमेन ईमपावर मेन्ट एन युएन जिरो हंगर च्याम्पियन हुन् । अमात्य विल क्लिन्टन फाउन्डेसन संस्था अन्तर्गत नेपालमा सञ्चालित दीर्घकालीन माछा पालन स्थापना कि संस्थापक तथा कार्यकारी निर्देशक पनि हुन् ।

उनको संस्थाले खाद्यान्नको असुरक्षा र दीर्घकालीन जल संस्कृति गरिबीको समाधान गर्न मद्दत गर्दछ । त्यति मात्र हैन उनको संस्थाले ग्रामीण महिलाहरूलाई वित्तीय सहयोग, प्रविधि, स्थानीय पुँजी प्रदान गर्नुको साथै आफ्नै स्वामित्व साना उद्यम सञ्चालन गर्न तालिम समेत दिने गर्दछ ।

अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टनद्वारा सञ्चालित क्लिन्टन फाउन्डेसनले नेपाली चेली कञ्चन अमात्यलाई प्रेसिडेनसिएल क्लिन्टन ग्लोबल इनिसीएटिव अनर रोल अवार्ड २०१७ द्वारा सम्मान गरेको थियो । उक्त सम्मान अमेरिकाको म्यासाचुसेट्स राज्यको बोस्टनमा फाउन्डेसनको १० औ वार्षिक उत्सवमा सम्मान गरेको थियो ।

यसै गरी अमात्य अमेरिकी काँग्रेसमा युवा तथा बालबालिकाको हित तथा अमेरिकी संसद् प्रतिनिधिसभा तथा अमेरिकन काँग्रेस समेत जिम्मेवारी पाएकी थिइन् ।

अमात्य काठमाडौँ सेन्ट मेरिज पढाइपछि नर्बेमा युनाईटेड वर्ल्ड कलेजमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै १२ सम्म छात्रवृत्तिमा अध्ययन गर्ने मौका पाएकी हुन् । जसको माध्यमबाट उनले विश्वका सबै महादेश नेपालको प्रतिनिधित्व गर्ने अवसर पाएकी छिन् । 

उनले व्हाइट हाउसको कार्यालयमा भएको विज्ञान तथा प्रविधि नीति विषयक गोष्ठीमा प्रस्तुति समेत गरिसकेकी छिन् । यस्तै राष्ट्रसंघमा नेपालको प्रतिनिधित्व गर्ने सबैभन्दा युवा महिला भई प्रतिनिधित्व गर्ने अवसर पाएकी छिन् भने राष्ट्र सङ्घको साधारण सभामा वक्ता बनेर झन्डै ३५ लाख जनसख्याको प्रतिनिधित्व गर्दै बोल्ने अवसर समेत पाएकी छिन् ।

अमात्य ग्लोबल च्याम्पियन फर वुमेन’स इकोनोमिक इम्पावर मेन्ट, संयुक्त राष्ट्र सङ्घ महिला सशक्तिकरण, युनाईटेड नेसन्स युथ एन स्टुडेन्ट एसोसिएसन अफ नेपालकी अन्तर राष्ट्रिय निर्देशक, रिजोलुसन प्रोजेक्ट कि रिजोलुसन फेलो, ओक्लाहोमा राज्यको युएसए एट फ्रेन्ड्स नेपालकी (डब्लुपीपीसी) सद्भावना दूत लिङ्ग तथा सामाजिक विकास सल्लाहकार, नेपाल, शान्ति एज्नेट, विशिष्ट ओलम्पिकको पूर्व परियोजना नेतृत्वमा समेत काम गरी सकेकी छिन् ।

यसै गरी अमात्य गत वर्ष “२०१७ एभ्रिडे योङ्ग हिरो अवार्ड” बाट सम्मानित भएकी थिइन् भने उक्त पुरस्कार युथ सर्विस अमेरिकाले आयोजना गरेको थियो । यसै गरी बेलायतको इम्प्याक्ट ईस्क्वार्डले गरेको एक सय जनाको सूचीमा २५ वर्ष मुनिका युवा नेतृत्वहरूको सूचीमा कञ्चन अमात्य छनौट भएकी थिइन् ।

यसै गरी महिला आर्थिक मञ्चले गत अप्रिल महिनामा अमात्यलाई “२०१८ योङ्ग लिडर्स अवार्ड “बाट पुरस्कृत गरेको थियो ।

प्रतिक्रिया