अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४४ | Colorodo: 18:59

वासिङ्टन डिसीमा हाम्रो जीवनको लागि जुलुस प्रदर्शनमा मानव सागर

विजय थापा २०७४ चैत ११ गते ९:१५ मा प्रकाशित

अमेरिकाको फ्लोरिडा राज्यको एक विद्यालयमा पूर्व निष्कासित छात्रले अन्धाधुन्ध गोली चलाउँदा १७ जना युवा विद्यार्थीले ज्यान गुमाए पछि बन्दुक हिंसा बन्द गरौँ भन्दै अमेरिका र विश्वभर गरिएको जुलुसमा मानव सागर भेला भई सबै निकायलाई सोच्न बाध्य बनाउने गरी ध्यानाकर्षण गराउन सफल भएका छन् ।

गत मार्च २४ तारिख वासिङ्टन डिसीमा आयोजना गरिएको हाम्रो जीवनको लागि पदयात्रा जुलुसमा हजारौँ हजार वृद्ध, बालबालिका, पुरुष, महिला तथा काखे बालबालिका आदिको विशाल उपस्थिति भएता पनि विद्यालय पढ्ने युवा विद्यार्थीहरूको अधिकांश उपस्थिति रहेको थियो ।

बिधार्थीहरुलाई समर्थन गर्न उनीहरूका अभिभावक, शिक्षक तथा शिक्षा क्षेत्रमा काम गर्ने तथा हरेक वर्गका मानिसहरू राष्ट्रपति भवन व्हाइट हाउस अगाडी उपस्थित जनाई ऐक्यबद्धता जनाएका थिए ।

उपस्थित उक्त जुलुस हजारौँ हजार प्रकारका बन्दुक नियन्त्रण सम्बन्धी सूचनामूलक तुल, झन्डा, बोधपत्र आदी साथ प्रदर्शन गर्दै व्हाइट हाउस अगाडी जुलुस उपस्थित भएका थिए । अमेरिका र विश्व भर ८ सय भन्दा ज्यादा सहर, गाउँ तथा महानगर क्षेत्रमा हाम्रो जीवनको लागि पदयात्रा जुलुस नामक प्रदर्शन भव्यताको साथ सम्पन्न भएको छ ।

वासिङ्टन डिसीमा मार्च २४, १२ बजे दिउसो देखि सुरु गरिएको कार्यक्रममा लामबद्ध भई व्हाइट हाउस को पेनसेलभेनिया सडक हुँदै क्यापिटलहिल (अर्थात् संसद् भवन)अगाडी सम्म जनसागर उर्लिएको थियो ।

उक्त विरोध प्रदर्शनमा प्रदर्शनकारीले बन्दुक सुधार सम्बन्धी को माँग राख्दै अमेरिका तथा विश्व भर विरोध जुलुस मा उतारिएका थिए । वासिङ्टन डिसीमा प्रदर्शकारीहरुले बाल बच्चालाई महत्त्व देऊ, बन्दुकलाई हैन; हातहतियार अँगालोमा लागि हो ? बन्दुक हैन किताब; विद्यालयमा पुस्तक ल्याऊ बन्दुक हैन; ट्रम्पले नेसनल राइफल एसोसीएसन् (एनआरए) लाई माया गर्छन् किनभने यो उच्चारण अग्रण सजिलो छ; के हामी वयस्क झैँ कुरा गर्न सक्छौ ?; एनआरए लाई कुनै पैसा हैन; बालबच्चालाई सुरक्षित गर, बन्दुकलाई हैन; २१ औ शताब्दीका हातहतियार, १८ औ शताब्दीका कानुन; न्यूनतम ध्वंस, अत्यधिक विधान जस्ता लेखिएका सन्देशमूलक तुलहरू लिएर आएका थिए ।

गत मार्च २४ तारिख नै व्यापक प्रदर्शन देखे पछि व्हाइट हाउसले एक संक्षिप्त वक्तव्य निकाली युवा साहसी अमेरिकनको पहल प्रति सराहना गर्दै प्रथम संशोधनमाथि कसरत आज गरेकोमा खुसी व्यक्त गरेको लेखेको छ ।

प्रदर्शनमा फ्लोरिडा विद्यालयका बिधार्थी तथा अन्यले बोलेका थिए । अहिले सम्म यस सम्बन्धी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै प्रतिक्रिया दिएका छैनन् भने राष्ट्रपति कि उम्मेदवार हिलारी क्लिन्टनले हाम्रो भविष्य राम्राहरूका हातमा हुने सामाजिक सञ्जालमा लेखेकी छिन् । पूर्व राष्ट्रपति बराक ओबामाले पनि मानव सागर ओर्लिए पछि सामाजिक सञ्जालमा प्रतिक्रिया दिएका छन् ।

विशेष गरी वासिङ्टन डिसीको जुलुसमा फ्लोरिडा विद्यालयका पीडित विद्यार्थी, अन्य युवा अरूले मन्तव्य राख्दा सहभागीहरू भावुक पनि भएका थिए । अमेरिकाको क्यालिफोर्निया, न्यु योर्क, बोस्टन, वासिङ्टन डिसी, पेरिस, बेलायत आदि देशमा प्रदर्शन भएको थियो ।

प्रतिक्रिया