अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०८ | Colorodo: 18:23

मेरिल्याण्डका ज्ञान प्रसाद रिमाल नेपाल पर्यटन बोर्डका मानार्थ जनसम्पर्क प्रतिनिधि पदमा नियुक्त

विजय थापा २०७४ फागुन २ गते ६:४७ मा प्रकाशित

वासिङ्टन डिसी, अमेरिकाको मेरिल्याण्ड राज्यमा बस्दै आएका व्यवसायी ज्ञान प्रसाद रिमाल नेपाल पर्यटन बोर्डको मानार्थ जनसम्पर्क प्रतिनिधि पदमा नियुक्त भएका छन् l

सन् १९८३ देखि नै होटेल व्यवसाय, ट्रेकिङ्ग तथा ट्राभल्स व्यवसायमा संलग्न रहेका रेग्मीको पर्यटन व्यवसायमा लामो अनुभव रहेकोले पर्यटन बोर्डले रिमाललाई दुई वर्षको लागि नियुक्त गरेको हो ।

पर्यटनको विकास एवम् प्रवर्द्धनका लागि रिमाललाई गत जनवरी २४, २०१८ तारिख देखि लागू हुने गरी मेरिल्याण्ड राज्यको लागि जनवरी २३, २०२० सम्मको लागि नियुक्त गरेको हो । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकारी दीपक राज जोशीले उनलाई मेरिल्याण्डको लागि नियुक्त गरेको उल्लेख गरेका हुन ।

अमेरिकामा नेपाल पर्यटन बोर्डले करिब एक दर्जन भन्दा ज्यादा अवैतनिक मानार्थ प्रतिनिधिहरू नियुक्त विभिन्न राज्यहरूमा नियुक्त गरी सकेको छ l अमेरिकाको मेरील्याण्ड राज्यमा रिमालका आधा दर्जन व्यवसायहरू सञ्चालनमा रहेका छन् । उनका सबवे चमेना गृह, गहना पसल, सेलफोन पसल, ७-११ ग्यास स्टेसन आदि रहेका छन् । उनी गैर आवासीय नेपाली सङ्घका सदस्यको साथै बानाको सन् २०१५-२०१७ का सल्लाहकार पनि रहेका थिए ।

पुर्खौली घर धादिङ्ग भएका रिमाल नेपालका विभिन्न सङ्घ/संस्थासँग आबद्ध रहेका थिए । वाणिज्यमा अध्ययन गरेका रेग्मी नेपाल फुटबल सङ्घको केन्द्रीय सदस्य तथा गणेश हिमाल ट्रेकिंगका प्रबन्ध निर्देशक समेत रहेका थिए l 

उनी धादिंगमा विक्रम सम्बत २०४८ देखि २०५१ सालमा भएको निर्वाचनमा धादिङ्ग विकास समितिको निर्वाचनमा उप सभापति समेत निर्वाचित भएका थिए l मेरिल्याण्ड राज्यमा रहेको व्यवसाय पुरस्कृत समेत भएको छ l

मेरिल्याण्डको लागि आफूलाई पर्यटन बोर्डले मानार्थ जन सम्पर्क प्रतिनिधि नियुक्त गरेकोमा पर्यटन बोर्डलाई कृतज्ञता ज्ञापन गरेका छन् l रिमालले कुरा गर्दै भने आफू यसै क्षेत्रमा लामो सम्म काम गरेको तथा अनुभव रहेकोले आफूले पर्यटन भित्र्याउन हरसम्भव कोसिस गर्ने बताए l अझ केही काम गर्नु पर्ने र थप जिम्मेवारी बढेको रेग्मी बताउदछन । रिमालले अगाडी भने पर्यटन बोर्डले गरेको विश्वासलाई ईमान्दारिताको साथ काम गर्ने प्रतिबद्धता समेत जाहेर गरेका छन् ।

प्रतिक्रिया