अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५१ | Colorodo: 21:06

अमेरिकाका सबभन्दा खराब नौ जागिरहरू किन ?

विजय थापा २०७४ माघ २६ गते ७:०२ मा प्रकाशित

अमेरिका आए पछि काम पाउनु नै अहोभाग्य । जागिर बाहिरीबाट देख्दा सरल लागेता पनि जागिर खान महिना तथा बर्षौ सम्म भौतारी रहेकालाई यसको पीडा थाहा हुन्छ । जागिर सबै राम्रा हुन्छन् । हामीले कसरी लिने यसमा भर पर्छ । कसैलाई कुन जागिर कसलाई कुन जागिर मन पर्नु स्वाभाविक हुन्छ ।

तथापि अमेरिका आउने भनेको पैसा कमाउने हो । अमेरिकामा जागिर निकै समय सम्म अमेरिकामा भएन भने ठुलो सङ्कट आईपर्छ l मानिस सडकमा पनि आउन सक्छ l अमेरिकामा नेपालीले जे पनि काम गर्ने हुनाले काम पाई हाल्दछन् । अमेरिकामा काम भन्ने बित्तिकै सबै राम्रा हुन्छन् भन्ने होइन । सजिलो काम भन्ने अमेरिकामा हुँदैन । अमेरिकामा काममा सम्झौता गरिन्छ ।

अमेरिकामा उत्कृष्ट जागिर, जोखिम पूर्ण जागिर, तनावपूर्ण जागिर र सबै भन्दा खराब जागिर आदि हुन्छन् । यसको अर्थ यो हैन कि सबै जनाले राम्रो काम मात्र गर्छन् । त्यसो भए नराम्रो काममा मानिस नै हुँदैन भन्ने हैन ।

स्वास्थ्य र सुरक्षाको कारणलाई ख्याल गर्दै जागिर खाने गरिन्छ l कसैलाई कुनै जागिर तनाव लाग्छ भने कसैलाई कुन ? कुनै कुनै जागिर जोखिम पूर्ण पनि हुन्छन् l

सबै भन्दा खराब ९ जागिरहरू वर्णानुक्रम रूपमा तलब, अवसर तथा स्वास्थ्य तथा सुरक्षालाई मध्य नजर गर्दै यसरी खराब जागिर भनिएको हुन् सक्छ । तर हामीलाई यस्तो लाग्दैन ।

१ फिटिंग गर्ने कामदार :
यस्ता कामदारले टुक्राटुक्री, विभिन्न समानलाई जोडेर कुनै उपकरण, यन्त्र आफ्नो हातले बनाउछन । उदाहरणको लागि गाडीका पाटपूर्जा, टिभीको भित्री या बाहिरी समानहरू । तुलनात्मक रूपमा राम्रो मान्दैनन् । तलब पनि काम गरे अनुसार कम पाउछन । यसलाई त्यति राम्रो भन्दैनन् l

२ कोइला खानीका मजदुर:
सुरुङ्ग भित्र पसेर काम गर्नु पर्ने हुन्छ l थुप्रै खन्ने र भत्काउने काम गर्नु पर्ने हुन्छ l अँध्यारोको साथै निकै लामो सुरुङ्गको कारण लामो समय सम्म काम गर्दा जोखिम पनि हुने हुनाले यसलाई त्यति राम्रो काम मान्दैनन् अन्य जागिरको तुलनामा । यसमा काम गर्न मजदुर धेरै मारिन्छन् l तथा डरलाग्दो चोट पटक र घाइते हुने बढी सम्भावना हुन्छ l

३ खेती किसान:
जीवन नै बिहान देखि नै खेतमा व्यस्त हुन्छन् l हातले नगरेता पनि जोत्ने, खन्ने, रोप्ने र कृषिका यन्त्रहरू चलाउनु पर्ने हुन्छ । यसमा पनि सबै मौसममा काम पाइँदैन । सुविधाहरू पनि कम पाइने र तलब पनि कम पाउने हुनाले यसलाई पनि सबै भन्दा खराब जागिर मध्ये कै मानिन्छ l

४ माझी :
यिनीहरूको काम जाली बुन्ने बनाउने, खम्बा घोचा बनाउनु पनि पर्छ l माछा समात्ने खन्याउने र राख्न धरन गर्नु पर्ने हुन्छ । सबै भन्दा ज्यादा भवितव्यता घायल हुने ज्यादै हुन्छन् l समुन्द्रमा बस्ने र आफ्ना परिवार सँग बाहिर हुनु पर्छ l कठिन र खराब मौसमको कारण निकै हिम्मत वाला पनि हुनु पर्छ l यति जोखिम पूर्ण भएता पनि कम आम्दानी र कमाई कम हुन्छ l

५ दाउरा काट्ने कामदार:
दाउरे कामदारहरूले सानो, मझौला तथा बढेमानका रुखहरू काट्ने गर्छन् l हातले नगरी सबै यन्त्रबाट गर्दछन् l काटे पछि यसलाई सबै व्यवस्था गर्दछन् l यस्तो कामदारहरूको सङ्ख्या घट्ने क्रममा छ l यो पनि निकै जोखिम हुने र एकान्त स्थान तथा खराब मौसममा पनि काम गर्नु पर्ने हुन्छ l बलियो पनि हुनु पर्ने र ज्यादै भारको काम गर्नु पर्ने हुनाले यसलाई पानी चुत्थो जागिर नै भनिन्छ l

६ चिकित्सा लिपिकार:
यिनी चिकित्सकसँग भएको अन्तर सम्बाद तथा कुराकानीको अभिलेखलाई अनुवाद गर्दछन् । तथा अन्य स्वास्थ्यसँग सम्बन्धित लिखित दस्ताबेजलाई अर्थ लगाई दिनुको साथै चिकित्सा शब्दहरूका बारेमा व्याख्या गर्दछन् l यसको पनि त्यति राम्रो कमाई नहुने हुन्छ । अन्य जागिरको तुलनामा राम्रो मान्दैनन् l

७ समाचार सम्वाददाता:
पत्रकारिताको काम, नेपालमा राष्ट्रको चौथो अङ्ग । स्थानीय, क्षेत्रीय तथा राष्ट्रिय रूपमा ज्यादै सोध खोज गर्नु पर्ने हुन्छ । लेख्नु पर्ने कामको जिम्मेवारी पाएका हुन्छन् l सन् २०२४ सम्म अधिकांश छापा समाचारहरू ८ प्रतिशतले ह्रास हुने तथ्याङ्क निकालेका छन् । बिधुतिय पत्रिकाहरू चल्ने देखिएको छ । तुलना गर्दा तलब कम पाउदछन । निर्धारित तिथि चाप तथा स्थान्तरण आदि इत्यादिको समस्या भोग्ने हुन्छन् l मेहनत अनुसार दाम कम हुने हुनाले यसलाई पनि राम्रो जागिरमा गनिँदैन l तर यसो भन्दैमा जागिर नखाने भन्ने चाही हैन l दरखास्त माथि दरखास्त पनि उम्मेदवारले भर्ने गरी रहेका छन् l

८ हुलाक सेवाका कामदार:
लामो समय सम्म काम गर्नु पर्ने हुन्छ । चिट्ठी पत्र छनौट तथा वितरण गर्नु पर्ने हुन्छ l एक बजार सर्वेक्षण (बिएलएस )का अनुसार सन् २०२४ सम्म २६ प्रतिशतले जागिर घट्ने देखाएको छ l चिट्ठी तथा अन्य सामग्री वितरण गर्ने कर्मचारीले कठोर मौसम, बिस्तार गरिएको क्षेत्र सम्म लानु पर्ने र काम गर्नु पर्ने हुन्छ l

९ ट्याक्सी चालक:
कमाई नहुने हैन l सबै देशका मानिस यस पेसामा छन् l नेपालीहरू पनि प्रशस्त होमिएका छन् । ग्राहकको ईक्षा अनुसार जहाँ पनि लग्नु गर्नु पर्छ । जोखिम पनि हुन्छ । लुटेरा र खराब यात्रीको कारण कैयौँले ज्यान गुमाएका छन् । लुटिने क्रम जारी छ । महानगरी सहरहरूमा अझ खराब तथा लुटेरा यात्रीको कारण सदैव डर पनि हुने हुन्छ ।

अमेरिकामा हरेक पेसामा डर पनि हुन्छ l यसो भन्दैमा काम नै बन्द भएको भन्ने पनि हैन l कुनै पनि काम खराब चाही हुँदैन l माथि उल्लेख गरी झैँ हामीले यसलाई अवसरको रूपमा लिनु पर्छ । अमेरिकामा यस बाहेक हजारौँ जागिर हुन्छन् l जोखिम तथा मनोरञ्जन गर्न चाहनेले जुन सुकै जागिर खाए पनि केही फरक पर्दैन ।

प्रतिक्रिया