अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४७ | Colorodo: 19:02

स्वास्थ्य (Health)

डा. दुर्गा दाहाल, ‘अनुभव’ २०७४ माघ १२ गते २३:०८ मा प्रकाशित

‘स्वास्थ्य’ भन्नाले हामी साधारणतया शारीरिक स्वास्थ्य भन्ने कुरा मात्र बुझ्दारहेछौँ तर प्रकृतार्थमा, यो शब्दले शारीरिक स्वास्थ्यको अतिरिक्त एउटा व्यक्तिको मानसिक, आध्यात्मिक र सामाजिक स्वास्थ्यलाई समेत समेट्दो रहेछ ।

शारीरिक : (शरीरसँग सम्बन्धित अवस्था र स्थिति )
मानसिक: (मन र मस्तिष्कसँग सम्बन्धित मनोगत आकार र विकारहरू )
आध्यात्मिक: (आत्मा र परमात्मासँग जड़ित चिन्तन, मनन र दर्शन )
सामाजिक: (समाज र समुदायसँग अनुबन्धित स्वभाव, आचरण र व्यवहारहरू)

उपर्युक्त चारवटै पक्षसँग कुनै व्यक्ति सन्तुलित र सुसंगठित भएको अवस्थामा मात्रै ऊ स्वस्थ छ भनेर प्रमाणित गर्न सकिन्छ ।

सुन्नमा कर्णप्रिय (मधुमेह) र स्वभावमा अत्यन्त छुचो र असती रोग हो यो । यस आलेखमा सम्प्रति, विश्व जनसमुदायमा सर्वाधिक अलोकप्रिय शारीरिक रोगहरू मध्ये एउटा प्रमुख र तीव्र गतिमा वृद्धि हुँदै गएको ‘ ‘डायबिटीज़’(diabetes) अर्थात् ‘मधुमेह’ को बारेमा केही चर्चा गर्ने प्रयास गरिएको छ ।

डायबिटीज़ ( मधुमेह ): यो रोग ‘ईन्सुलिन’को कमी अथवा सोको अभावमा लाग्ने रोग हो ! ईन्सुलिन भन्नाले एउटा स्वस्थ शरीरले उत्पादनगर्ने प्राकृतिक हार्मोन तत्वलाई बुझिन्छ जसले, खाद्यपदार्थ मार्फ़त हाम्रो शरीरमा जम्मा भएको चिनी (मेडिकल शब्दमा ‘ग्लुकोज’)) र हाम्रो ऊर्जाहरूलाई रक्त नलिकाहरूको माध्यमबाट विभिन्न कोशिकाहरूमा पुर्‍याउने काम गर्छ !

Pancreas(क्लोम) : यसको काम ईन्सुलिन उत्पादन गर्ने हो । जब शरीरमा प्याँगकृयाजले ईन्सुलिन (अन्त:श्राव) उत्पादन गर्न छाड्छ अथवा कमनि:सृत गर्छ, चिनी रोगले भेटेछ भन्ने बुझे हुन्छ !

ईन्सुलिनको कमी भए पछि शरीरमा चिनीको मात्रा थुप्रिँदै/ बढ्दै जान्छ र ईन्सुलिन मार्फ़त क्रमशः: कोशिकामा पुग्नुको सट्टा सर्वप्रथम मूत्रमा र त्यसपछि रगतमा प्रवेश गरी मधुमेहीलाई अन्य रोगहरूको समेत निम्तो दिई बिरामीका आँखा, दाँत, हात – खुट्टा, पैताला, यौनेन्द्रिय, मुटु, मस्तिष्क र शरीरका विभिन्न अङ्ग प्रत्यंगहरूलाई शिथिल र कमज़ोर बनाउँदै अन्ततोगत्वा ईहलोकबाट परमधाम तर्फको बाटो प्रशस्त बनाई दिन्छ तर यो रोगले तुरुन्तै लेजाने काम चाहिँ गरी हाल्दैन । क्रमशः: काललाई भने नजिक ल्याउने कार्य ईमान्दारीपूर्वक बहन गर्छ ।

Diabetes is a chronic( lifelong) condition which can result in serious health problems including blindness, lower-limb amputation,heart disease, stroke, sexual dysfunctions ,nerve pains(neuropathy), stroke plus many more if not treated or controlled timely and regularly.

मेडिकल शब्द ‘ग्लुकोज’ भन्नाले चिनी बुझ्नु पर्छ । त्यसलाई ईन्सुलिन नामक तत्वले जमेको ठाउँबाट शरीरका विभिन्न कोशिकाहरूमा ( cells )शक्तिका रूपमा लैजाने काम गर्छ। तर जब प्याँगकृयाजले ईन्सुलिन बनाउन सक्तैन, तब चिनीको मात्रा बढ्छ र डायबिटीज़ले भेट्टायो अथवा ग्रामीण भाषामा ‘चिनीरोग’ लागेछ भनिन्छ !

Glucose is the amount of sugar carried in our blood stream. The Harmon called ‘Insulin’ is responsible for removing it from the blood and transporting it into the various cells (कोशिकाहरु) to supply energy to our body. However, while the body properly doesn’t/ can’t produce or use insulin , the amount of sugar in our blood stream is increased/ elevated which can potential the risks of developing diabetes , heart disease and other various chronic diseases and health ailments.

यस रोगका कारक तत्वहरू:
पारिवारिक पृष्ठभूमि/ वंशानुगत
शारीरिक परिश्रम र सकृयताको कमी
अत्यधिक मोटापा / वज़न वृद्धि
एकै पटक धेरै खानु / असन्तुलित भोजन
शारीरिक निष्कृयता / आलस्य जीवनशैली
अनावश्यक चिन्ता र तनाव
कतिपय औषघिहरूको नकारात्मक असर आदि- इत्यादि ।

Some facts:
Our body digests the foods we eat to use as fuel. The fuel supplies energy to our body’s cells. While we have diabetes, the fuel has a hard time entering into the most cells and as a result the cells starts dying or being inactive.
*Insulin binds to a cell that needs energy
*Insulin opens the cell to glucose
*Glucose enters the cell and is used for fuel
*Glucose can’t enter into the cell without insulin

यो रोग दुई किसिमको हुन्छ:
Type 1 & type 2

Type 1:
यो साधारणतया जीवनको पूर्वार्धमा अर्थात् कम उमेरमै लाग्छ जब शरीरमाईन्सुलिनको मात्रा शून्य हुन्छ र उत्पादननै हुन छाड्छ । यस्ता रोगीले आजीवनहरेक दिन ईन्सुलिनको सुई लगाउनु पर्छ ।

Type 2:
यो किसिमले साधारणतया उत्तरार्धमा, उमेर ढल्कँदै गए पछि भेट्छ । यसमा ईन्सुलिन त बन्छ तर एकदमै कम र अपर्याप्त मात्रामा बन्छ, फलस्वरूप बिरामीले oral medications वा ईन्सुलिन अथवा दुवै लिनु पर्ने हुन्छ । साधारणतया चालिस वर्ष नाघे पछि यसका लक्षणहरू देखिएता पनि कसैकसैलाई युवावस्थामै पनि लाग्न सक्छ ।

रोगका प्रारम्भिक लक्षणहरू:
मुख अत्यधिक र अस्वाभाविक मात्रामा सुख्नु
निरन्तर पिसाब लागि रहनु
अकारण थकान महसुस हुनु
अत्यधिक मात्रामा बारम्बार भोक र प्यास लाग्नु
अकारण वज़न घट्दै जानु
कमज़ोरी/ शक्तिहीन महसुस हुनु
थकाई लाग्नु
शरीरको छाला सुख्खा हुँदै जानु
घाउ लामो समयसम्म निको नहुनु
निराश हुनु/ काममा रुचि नहुनु
जिउमा स्फूर्ति नहुनु
यौन कृयामा रुचि र आकर्षण घट्दै जानु
जीवन निरस र भारयुक्त लाग्नु आदि इत्यादि

यो रोग लागि सके पछि निर्मूल हुँदैन तर परहेज़, अनुशासन र अनुशीलनमा रहन सकियो भने आयु बढाउने रोगका रूपमा पनि चिनिन्छ !

कसरी ?
DietControl (खानपिनमा नियन्त्रण )
Healthy Exercise( स्वस्थकर आयाम-व्यायाम )
Smart Life Style ( उत्कृष्ट जीवनशैली र शिल्प )

यो रोग लागे पछि यो / त्यो खानु हुँदैन भन्ने धेरै भ्रमहरू विद्यमान छन् हाम्रो समाजमा तर कुरो त्यसो हैन । निरोगी मानिसहरू सरह जे खाए पनि हुन्छ तर मात्रा मिलाएर शुद्ध, सन्तुलित र सुपाच्य खानु पर्छ । यो नियम रोगी र निरोगी सबै व्यक्तिहरूमा लागु हुन्छ !

विशेष ध्यान दिनु पर्ने कुराहरू:

के गर्ने/ खाने :
दैनिक प्रशस्त रूपमा कम्तीमा तीन लिटर पानी पिउने
दैनिक के -के खाने, कति खाने, कति पटक खाने र कसरी खाने भन्नेकुराको हेक्का राखी meal plan बनाउने
रेशायुत खाना ( fiber )/ अंकुरित गेडागुडी खाने
मेथीको धुलो, जामुनको पात, धुलो,विल्वपत्र(बेलका पातररू )
तुलसीपत्र, रातो च्याउ, दैनिक स्याउ खाने
करेला, भिन्डी काटेर रातभरि भिजाऊने र त्यसको पानी बिहानै ख़ालीपेटमा पिउने र बाँकी रहेको टुक्राहरूलाई सब्ज़ी अथवा अचारको रूपमासेवन गर्ने
हार्दी, प्याज़, लसुन, धनिया आदिलाई दैनिक खानामा सहभागिता,समानुपातिकता र समावेशीताको आधारमा समावेश गराउने

दैनिक पूजा पाठ, ज्ञान ध्यान, आराधना उपासना र (चिन्ता हैन ) चिन्तन-मनन गर्ने
सकारात्मक सोच, आध्यात्मिक विचार र सामाजिक व्यवहारको समुचितपालना गर्ने
हरियो साग -पात, सब्ज़ी र गेडागुडी खाने
हरेक दिन फलफुल र सलाद सेवन गर्ने
प्रत्येक प्रात:कालीन र संध्याकालीन पैदलयात्रा गर्ने
हरेक दिन मनोरञ्जन गर्ने, हाँस्ने, नाच्ने, गाउने, प्रसन्न रहने
शारीरिक परिश्रम गर्ने / दैनिक कसरत(अभ्यास ) गर्ने
वज़न घटाउने र आफ्नो उचाइ र उमेर अनुसार स्लीम र स्मार्ट भएरबस्ने
सदैव हर हमेसा प्रसन्न बस्ने

Physical check up ( tests/exams ( with regular doctor’s office visits )
Complete foot exam
Check cholesterol and other body fats ( known as LPT: lipid profile test)
Entire dilated eye exam by an eye specialist
Glue Shot
Kidney test
Mental & spiritual fitness test etc

के नगर्ने;
नकारात्मक सोच र विचारलाई तिलाँजली दिने
धेरै बेर नसुत्ने/ प्रात:कालमै ऊठने
तनाव नलिने
अरूको कुभलो/ अहित नसोच्ने
अरूको ईर्ष्या नगर्ने र आँफूलाई कहिल्यै अभागी नठान्ने
मद्यपान वर्जित अथवा नियन्त्रण गर्ने र धूम्रपान नगर्ने
बियर, वाइन, खैनी, गुटका र अखाद्य अथवा लागु पदार्थ नखाने
सोडा, कोक, र अन्य हानिकारक तरल तत्त्व हरूको सेवन नगर्ने
नरिसाउने / असज्जन र अज्ञानी नहुने
चिनी नखाने
धेरै नुनिलो, चिल्लो, पिरो, गुलियो, तारेको, भुटेको नखाने
ख़ाली खुट्टा नहिँड्ने
भरसक होटेल र रेष्टुराँहरूमा नखाने किनकि जिभ्रो रमाएता पनि त्यहाँको खानामा आत्मीयता नभएर व्यवसायिकता हुन्छ

यो रोगले निम्त्याउने अन्य रोगहरू :
Brain stroke
Eye disease ( retinopathy)
High blood pressure
Cholesterol
Blood clot
Heart attack
Kidney problems( nephropathy)
Vaginal dryness (महिलाहरूमा )
Erectile disfunction or impotance ( यौन क्षमतामा कमी वा नपुंसकता पुरुषहरूमा )
Nerve damage ( स्नायु अथवा नशा सम्बन्धी रोगहरू )
Peripheral arterial diseases in legs and feet
Cardiovascular risks( मुटुसँग सम्बन्धित रोगहरू )
Gum disease and loss of teeth

रोगहरू बाजा बजाएर अथवा पूर्व सूचना दिएर आऊँदैनन । अत: कम्तीमा हरेक छ-छ महिनामा शरीरका प्रत्येक अङ्ग प्रत्यंगहरूको जाँच गर्नु र गराऊनुपर्छ ।समयमै बिमार लागेको थाहा पाइयो भने यो सुन्दर संसारमा अझै रमाउन पाइन्छ !
बाहिर लागेको रोग त देखिएला तर भित्री रोगहरू त लुकेर बसेका हुन्छन् !त्यसैले निम्नलिखित जाँचहरू गराउने:

कतिपय व्यक्तिहरू रगत वा अन्य जाँचहरू गराउन र डाक्टरसँग भेट्न चाँहदैनन डरले । केही रोगहरू देखिएला कि भन्ने अवदमित भय र लापरबाहीले स्वास्थ्य परीक्षण गर्न रूचाऊँदैनन जुन महामुर्खता र कायरताहो ! बिमार पालेर बस्छन् र अन्ततोगत्वा अचानक मृत्युवरण गर्छन् अथवा दीर्घरोगको सिकार बन्छन् ।

अतएव, समयमै र कम्तीमा हरेक छ-छ महिनाको अन्तरालमा निम्नलिखित जाँचहरू अनिवार्य र अपरिहार्य छन् स्वास्थ्यकर जीवनका हेतु ।

रगत, दिसा/ पिसाब, खकार
आँखा, दाँत,
मुटु, किडनी, खुट्टा
A1c level( glycated hemoglobin level : med विगत तीन महिनाको औसत मात्रा देखाउँछ ( यो 7% अथवा 80-130 mg/dL भन्दा माथिजानु हुन्न )
मानसिक तनावको स्तर, अवस्था र स्थितिको मूल्याङ्कन र अनुगमन गर्ने/गराउने र तदनुरूप उपचार गराउने
आध्यात्मिक र मानवीय गुणगरू ठिकै छन् कि छैनन्, विचार पुर्‍याउने
परिवार र साथी भाइ हरूसंगको व्यवहारमा कमी कमज़ोरी छन् किछैनन, केलाउने
मनसँग हरेक दिन केही समय एकान्तमा कुरा गर्ने
सत्सँग र सहकार्य गर्ने आदि इत्यादि

तुलनात्मक रूपमा, रगतमा चिनीको मात्रा घटेर ढल्नु भन्दा बरु अलि बढ़ीनैभएको निको मान्नु पर्छ ।

के-के राख्नु पर्छ त मधुमेही हरूले आँफूसंग सदा सर्वदा
Blood glucose meter
Pieces of chocolates or candies
A kit of Medications including insulin if required
Diabetic Socks , shoes & slippers
Diabetic ID bracelet or Identity card
All the diabetic supplies
Drinking water to stay hydrated
Diabetes toolkit
Fast acting juice or carbohydrate products etc

your Health Care Team
YOU
Your family members & friends
A primary Care Provider( PCP: regular family doctor )
An endocrinologist : A doctor who specializes in diabetes
A registered dietician
A diabetic educator
A Psychologist or social worker
A muse and a Pharmacist
Dentist, Optometrist, Ophthalmologist
Podiatrist

सारांशमा भन्नु पर्दा, उचित/ सन्तुलित आहार-व्यवहार, आयाम- व्यायाम,आचार- सदाचार र कुशल तथा आकर्षक जीवन शैली र शिल्पकला अपनाउन सकियो भने यो अभिशापतुल्य मधुमेह अथवा जुनसुकै रोगलाई पनि आशीर्वाद जन्य पाहुनाका रूपमा राखेर पनि एउटा सुन्दर,शालीन रसौम्य जीवन निर्वाह गर्न सकिन्छ निर्धक्क र निंश्चिन्त भएर !

“Diabetes is not only a problem or a challenge but also a solution and an opportunity to know who you are”

क्रमशः ……..