अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५३ | Colorodo: 17:08

सन्दर्भ: अहिलेको चुनाव र परिणाम

डा. दुर्गा दाहाल, ‘अनुभव’ २०७४ मंसिर २७ गते १२:४१ मा प्रकाशित

* म कट्टर प्रजातन्त्रवादी हुँ !
* सबै पार्टीका समस्त विजयी नेताहरूलाई हार्दिक बधाई, अभिनन्दन र शुभकामना एकमुष्ट
* वर्तमानमा पराजित र भविष्यका विजित नेताहरूलाई सहानुभूति र आशिष्
*
•मलाई कुनै पनि किसिमको राजनैतिक रङ्ग र ट्याग लागि नहालोस भन्ने हेतुले, म विगत केही वर्ष यता नेपाली राजनीति देखि दिक़्क़ भएर केवल पर्यवेक्षकको रूपमा रही आएको क़ुरा अवगत गराउन चाहन्छु ।

• यद्यपि महामानव बी. पी कोइराला, महात्मा गांधी र अब्राहम लिंकन मेरा राजनैतिक गुरुहरू हुन, म अन्धाधुन्ध कसैको झोला बोकेर हिंडन रूचाउँदिन ! म राष्ट्रियता, प्रजातन्त्र र समाजवादमा विश्वास राख्छु तर पार्टीका नाममा अयोग्य, अशान्त र अदक्ष प्राणीको पछि लागेर हिडे भने बिरामी परि हाल्छु किनभने मेरो र विवेकको लड़ाई पर्छ ।

* यसपटकको चुनावमा ठ्याक्कै बाम गठबन्धनले नजितेर नेपाली काँग्रेसले हारेको पनि भन्न सकिन्छ किनभने ने. काले यो पाठ सिक्नु अत्यन्त ज़रूरी थियो ।
* पार्टी ग़लत लाइनमा हिँडेकाले यस पटक गतिला कतिपय दिग्गज नेताहरूले हार्नु परो जसको खाँचो सदनमा थियो !

* राष्ट्र र जनता कसैका पेवा कहिल्यै कदापि हुन्नन ! जनता सँधैभरि सदाकालका लागि मूर्ख पनि हुँदैनन ! सामान्य राजनीति जान्नलाई राजनीतिशास्त्र अर्थशास्त्र , अङ्ग्रेजी अथवा अन्य कुनै ‘जी’ अथवा शास्त्र पनि पढि राख्नु पर्दैन ! जनताको भाषा, प्रेमको भाषा र विकासको मूलमंत्र जाने पुग्छ । विद्यालय, महाविद्यालय अथवा विश्वविद्यालय नगएता पनि ‘जनमन विद्यालय’ गएको हुनुपर्छ !

* उमेर पुगेका जोसुकैले र जहिलेसुकै गरे पनि हुन्छ राजनीति तर धर्म र इमान नछोडी गर्नु पर्छ । राजनीतिलाई व्यापार, पेसा र ठेक्का पट्टाका रूपमा लिनु हुन्न ! यो कसैको बपौती, सम्पत्ति, पितृप्रसाद, पत्नीको पेवा र पारिवारिक सम्पत्ति पनि हुनु हुन्न ! यो पनि एक किसिमको मानव सेवानै हो !

* देश जुनसुकै पार्टीले चलाए पनि हुन्छ तर राम्रोसँग चलाउनु पर्छ, राष्ट्र र जनतालाई सर्वोपरि ठानेर प्रजातन्त्र नमर्ने गरी सही दिशातर्फ निर्देशित गर्नु पर्छ, अहिंसात्मक ढङ्गले व्यक्तिहत्या नगरी चलाउनु पर्छ र जनअधिनायकवाद हुनु पर्छ ! कुनै पार्टी विशेष र व्यक्ति विशेषको अधिनायक चाहिँ कदापि हुनुहुन्न !

* वामगठबन्धनले जित्दैमा महाभारत अशुद्ध भई हालेको छैन, नेपालको भूगोल परिवर्तन भई हाल्दैन, इतिहासलाई बरु हामी सबैले जोगाएर राख्नु पर्छ ।जनताले एक पटक बामगठबन्धनको बहुमतीय सरकार हेर्न चाहेछन भन्ने कुरो लाई सहजता र सरलतापूर्वक बुझे भईगो ! सँधैका लागि टीका लगाएर दिएका हैनन जनता जनार्दनले ! तर, काँग्रेसले चेतेन भने फेरि पनि बामपंथीले जित्छ,आश्चर्य मान्नु पार्दैन !

* बामगठबन्धनले देश राम्रो सँग चलायो भने देशवासीले खोजेको त्यही हो ! जसले राम्रो गर्छ, त्यसैले चलाओस पनि ! सकेन भने मतदाताले अर्को पटक बामलाई फालेर काँगलाई जिताउँछन ! पख्नु पर्छ ने. काले

* विवेकशील साझा पार्टी पनि चाहिन्छ वैकल्पिक प्रजातान्त्रिक पार्टीका रूपमा। जय होस् !

* काँग्रेसले धैर्य धारण गरेर असल प्रबल र सबल प्रतिपक्षको भूमिका निर्वाह गर्नु पर्छ ! गगन थापा लगायत अन्य कतिपय उदीयमान र उज्ज्वल नक्षत्र हरू र प्रदीप गिरी जस्ता प्रखर बुद्धिजीवीहरूको प्रतिनिधित्व भएकै छ ! अन्यहरूले अब सङ्गठन बलियो बनाउँ र अर्को पटकको निमित्त दरिलो गृहकार्य र संगठनात्नक गतिविधिमा लागि परौँ ! मित्रहरू
*
*
* काँग्रेसले पराजय बेहोर्नु परेका कारणहरू र यसका समाधानात्मक उपाय र उपचारहरू:
* काँग्रेस फगत एउटा राजनैतिक पार्टी मात्र हैन ! यो त महामानव बी. पी कोइराला द्वारा प्रतिपादित एक विशेष जीवन पद्धति र राजनैतिक दर्शन हो ! दुर्भाग्यवश, कतिपयको कुत्सित नियत र सीमित स्वार्थका ख़ातिर यो एउटा सिन्डिकेट र सानो ठेका पट्टा गरेर परिवार पाल्ने र सीमित आसे पासे, हुक्के, धुपौरे, चम्चे र झोले कार्यकर्ताहरू पाल्ने पार्टीमा खुम्चियो !

* कमज़ोर सङ्गठन र कार्यपद्धति
* बी. पीले यो दुरावस्था हेर्न नेपाली काँग्रेसको पक्कै स्थापना गरेका थिएनननि ! उहाँको व्यापक र दूरदर्शी दृष्टिकोण थियो नेपालको भविष्यका निम्ति तर अफशोच ! सपना अद्य परिमित साकार हुन सकेन !

१•  नेतृत्व पंक्तिको अदक्षता, असक्षमता र नेतृत्वहीनता (विशेषगरि, शेर बहादुरजी अध्यक्ष भैकन पनि अदक्ष भएको पुष्टि)
उहाँ लगायत धेरै जसोको दंभ प्रवृत्ति ( विदेशी शक्तिको दास, राष्ट्र र जनता प्रति उदास र सही नेता र कार्यकर्ताको उठिवास )। राष्ट्रिय टेलिविजनमा उहाँ लगायत अन्य तथाकथित नेताहरूले संवादकर्मी र प्रश्नकर्ताहरूलाई हप्काउने र थर्काउने मनोवृत्ति आदि इत्यादि ।

* स्मरणीय रहोस्, भर्खरै मात्र प्रकाशमानले पनि जंगिएर रिसाउँदै, हान्ने गोरुझैँ निर्वाचन मतगणना स्थलबाट निस्किए ।

– उता, मिनेन्द्र पनि आफ्नै असल र हितैषी कार्यकर्ताको बेस्सरी सातो खाँदै थिए रे यद्यपि कतिपय सभ्य, शालीन, शिष्ट, नम्र र भद्र नेताहरू अद्यपरिमित हुनुहुन्छ र काँग्रेसको नाक, कान चैँ अझै जोगिएको छ ।

* बी. पी को दर्शन, विचार र सिद्धान्तलाई तिलांजलि दिनु
* सभापति लगायत अन्य कतिपय नेताहरू परिवारवाद र पत्नीमोहमा अत्यधिक रूपमा फँस्नु
* भ्रष्टाचार र कमीसनतन्त्रमा जाकिनु
* कार्यकर्ता भन्दा ठुटे, लूटे र झुटे नेता बढ़ी हुनु

* चीन र भारतसँग समनिकटता राखी परराष्ट्र नीति र दौत्य सम्बन्ध कायम गर्न नसक्नु
* बढी भारतमुखी देखिनु र उसैको पृष्ठपोषण र वकालत गर्नु
* जनताले बुझ्ने सरल, सहज भाषाको प्रयोग कम र बुद्धिविलास धेरै गरिनु
* काँग्रेसको बेमौसमी पार्टीगत चुनावी एकता ( कहिले उग्र बामसंग त कहिले दामसंग )
* युवा मनोविज्ञान बुझ्न नसकेको

* संविधानलाई जनस्तरमा बुझाउन नसक्नु
* काँग्रेसी इतिहासको आत्मरति र अत्यधिक व्याख्या
* वर्तमान र भविष्य प्रति आशावादी र सकारात्मक बनाउन नसक्नु

* धनवान र बलवानलाई बढी प्राथमिकता र बुद्धिजीवीलाई कम मान्यता
* एकीकृत चुनावी रणनीतिको अभाव
* अफेन्सिभ र डिफेन्सिभ खेलमा असन्तुलन आदि इत्यादि

• सुझावहरू:
उपर्युक्त समस्याहरूमै समाधानका बिऊहरू पनि छन् ! समस्याहरूको निराकरण गर्ने बित्तिकै मार्ग प्रशस्त हुन्छन् । तर पनि :
* शेर बहादुरजी को शीघ्रातीशीघ्र राजीनामा र अभिभावकको रूपमा आसन ग्रहण
* युवा पुस्तामा नेतृत्व हस्तान्तरण
* सङ्गठन, सङ्गठन र केवल सङ्गठन निर्माणमा अत्यधिक बल
* जनमुखी र कार्यकर्ता अभिमुखी हुनु पर्ने
* कार्यकर्ता प्रशिक्षण र बी. पी दर्शनको अध्ययन र अध्यापन
* दंभ, घमण्ड र अहँ पूर्णरूपेण त्याज्य
* ध्यान …….ध्यान र ध्यान निरंतर जनतामा

क्रमशः :