अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४७ | Colorodo: 21:02

पुराना मुक्तक नयाँ भाव

तिर्थराज अधिकारी २०७४ कार्तिक २० गते १९:३३ मा प्रकाशित

बन्धनलाई ज्ञानले काट्छ
सन्देहलाई विज्ञानले काट्छ
मनलाई काट्नेत हजार कुरा छन्
प्रतिष्ठालाई अभिमानले काट्छ।
*****
सारा नीति र नियम मान्नु पर्छ
राजनीति गर्न पनि जान्नु पर्छ
सुनौला नौला विचार पस्किएर
जनमत आँफूतिर तान्नु पर्छ।
*****
व्यस्त होटलको जुठो थाल जस्तो
बाह्रमासे जुवाडेको खाल जस्तो
वाक्क लाग्न थालेछ राजनीति मलाई
ज्वरो आएको बखत पिएको दाल जस्तो।
*****
म हैरानी बोक्छु,परेशानी बोक्छु
म यो देशको कहानी बोक्छु-
देउ मलाई सबै बोझहरु
म अग्रगामी निशानी बोक्छु।
*****
केवल झन्झट मात्रै साट्नु भएछ
संसारमै नभएको काम आँट्नु भएछ
कोही इष्टमित्र नै नभएझै गरेर, हेर!
आफ्ना कुरा आँफै काट्नु भएछ।
*****

 

तीर्थराज अधिकारी
(मुक्तक मणि)

प्रतिक्रिया