अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५२ | Colorodo: 03:07

विश्वकप खेल्न नेपाली खेलाडी तयारी अवस्थामा छन् -कप्तान पौडेल

बिआरटीनेपाल २०८१ वैशाख १९ गते ५:५० मा प्रकाशित

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले आईसीसी टी–२० विश्वकपका लागि नेपाली खेलाडी तयारी अवस्थामा रहेको बताउनुभएको छ । बुधबार वेस्ट इन्डिज ‘ए’ सँगको तेस्रो खेलपछि पोस्ट म्याच कन्फ्रेन्समा पौडेलले सबै खेलाडीहरूको खेल हेरिसकेको भन्दै विश्वकपका लागि नेपाली खेलाडी तयारी अवस्थामा रहेको बताउनुभएको हो ।

पौडेलले अहिले खेलिरहेका सबै खेलाडीहरू फिट रहेपछि विश्वकप खेल्ने १५ खेलाडीबारे स्पष्ट भइसकेको बताउनुभयो । उहाँले विश्वकप खेल्ने नेपाली टिम मजबुद रहेको पनि जिकिर गरे । पौडेलले दुई खेलपछि आफू आरामका लागि तेस्रो खेल नखेलेको बताउनुभयो । त्यस्तै, नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले वेस्ट इन्डिज ‘ए’सँगको जारी सिरिजमा नेपाली टिमलाई निकै अनुभव भएको बताउनुभयो । उहाँले नेपाली टिमको तयारीप्रति पूर्णरूपमा सन्तुष्ट रहेको भन्दै दबाबलाई सम्हाल्न सक्ने अवस्थामा टिम रहेको जिकिर गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू