अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०९ | Colorodo: 13:24

शीर्षक बिनाका मुक्तकहरु

तिर्थराज अधिकारी २०७४ मंसिर २१ गते १३:०८ मा प्रकाशित

हरदम मनमा अनेक कुरा सुझ्नेलाई के भन्ने?
जिन्दगी भर आफ्नै गहको आँसुले रुझ्नेलाई के भन्ने?
जोखो हेरेर साइत जुराउनेलाई त जोतिसी भनौँला,लौ,
आँखा देखेर आँत पेटको कुरा बुझ्नेलाई के भन्ने?

**************

दैत्य शक्ति सँग भयभीत देवगण रन्थनमा परेका थिए
ब्रम्हाको सल्लाह अनुसार वैकुण्ठ पुगेर गन्थन गरेका थिए
देवता र असुरहरुको कथा सुनेकै होउला नि साथी?
अमृत कलश हात पार्न क्षीर सागरको मन्थन गरेका थिए।

***************

इतिहासका थोत्रा पानाहरु फालिसकिएको छ
पँधेरा माथिको ठुलो रुख पनि ढालिसकिएको छ
अब केही वर्ष धैर्यसंग प्रतीक्षा गरे हुन्छ हजुर !
नयाँ नेपाल बनाउने मन्त्रोत्चारण थालिसकिएको छ।

प्रतिक्रिया