अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३७ | Colorodo: 18:52

अमेरिकाभित्रै प्लेन चढ्न नयाँ परिचय पत्र चाहिने, आप्रवासीलाई अझ समस्या

बिआरटीनेपाल २०७६ फागुन १२ गते १२:५२ मा प्रकाशित

न्यु योर्क । अमेरिका भित्रै हवाई सेवा प्रयोग गरी एक ठाउँबाट अर्को ठाउँ जान नयाँ परिचय पत्र आवश्यक पर्ने भएको छ ।

वल्र्ड ट्रेड सेन्टरमा ९/११ मा भएको आतङ्ककारी हमलापछि बनेको कानुन लागू भएपछि धेरैजसो अमेरिकीका लागि समेत देशभित्रै उडानमा नयाँ परिचयपत्र आवश्यक पर्ने भएको हो । उक्त कानुन आगामी अक्टोबर १ देखि लागू हुँदै छ ।

सेप्टेम्बर अन्तसम्म अमेरिकीहरूले सवारी चालक अनुमति पत्रका आधारमा देशभित्र हवाई सेवा प्रयोग गर्न सक्नेछन् । तर, करिब दुई तिहाइ सवारी चालक अनुमति पत्र ९/११ को हमला पछि बनेको सुरक्षा कानुनमा भएको प्रावधान अनुसार छैनन् ।

उक्त सुरक्षा कानुनको प्रावधान अनुसारको सवारी चालक अनुमति पत्र वा परिचयपत्र नभएका जो कोहीले ‘रियल आइडी कम्प्लायन्ट’ अनुसार असली परिचयपत्रका आधारमा यात्रा गर्न पाउने छन् । असली परिचयपत्र नभएका कसैले अमेरिका भित्रै यात्रा गर्न पाउँदैनन् । साथै, वैधानिक आप्रवासीले आप्mनो सवारी चालक अनुमति पत्र र परिचयपत्र ‘रियल आइडी कम्प्लायन्ट’ अनुसार बनाउन सक्नेछन् ।

रियल आइडी एक्ट भनिने यो सुरक्षा कानुनले आप्रवासन निरुत्साह गर्न तथा अमेरिकाभित्र रहेका कागजातविहीन आप्रवासीलाई निशाना बनाउन सहयोग पुर्‍याउँछ । अमेरिकाका ५० राज्य मध्ये ओक्लहोमा र ओरेगनले अझ रियल आई कम्प्लायन्ट अनुसरण गरेका छैनन् । रियल आइडी कम्प्लायन्ट पुरा गरेका राज्यमा पनि रियल आइडी एक्ट अनुसार सवारी चालक अनुमति पत्र र स्टेट आइडी जारी गरिएका छैनन् । खास गरी आप्रवासीहरूसँग रियल आइडी एक्ट अनुसारको परिचयपत्र छैन ।

रियल आइडी एक्ट अनुसार निम्न प्रकारका परिचयपत्र पर्छन्:
१)रियल आइडी एक्ट अनुसार जारी भएको सवारी चालक अनुमति पत्र वा अन्य फोटो भएको परिचय पत्र
२) अमेरिकी पासपोर्ट
३) अमेरिकी पासपोर्ट कार्ड
४) डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले विश्वास गरेको परिचय पत्र (ग्लोबल इन्ट्री, नेक्सस, सन्ट्री, फास्ट)
५) युएस डिपार्टमेन्ट अफ डिफेन्सले जारी गरिएको परिचय पत्र (डिपेन्डेन्ट सहित)
६) पर्मानेन्ट रेजिडेन्ट कार्ड
७) बोर्डर क्रसिङ कार्ड
८) स्टेटले जारी गरेको इन्ह्यान्स्ड ड्राइभिङ लाइसेन्स
९) फेडेरल्ली रिकक्नाइज्ड, ट्राइबल इस्युड फोटो आइडी
१०) एचएसपिडी १२ पिआइभी कार्ड
११) विदेशी राहदानी
१२) क्यानडाको प्रोभिन्सियल ड्राइभर लाइसेन्स वा इन्डियन एण्ड नर्दन अफेयर्स क्यानडा कार्ड
१३) ट्रान्स्पोर्टेसन वर्कर्स आइडेन्टिफिकेसन क्रेडेन्सियल
१४) युएस सिटिजनशीप एण्ड इमिग्रेसन सर्भिसले जारी गरेको इम्प्लोइमन्ट अथोराइजेशन कार्ड
१५) युएस मर्चेन्ट मरिनर क्रेडेन्सियल

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू