अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०३ | Colorodo: 20:18

अमेरिकाको अध्यागमन एजेन्सी युएससीआईएस प्रमुखमा पहिलो पटक महिला

बिआरटीनेपाल २०७८ साउन १७ गते १०:०२ मा प्रकाशित

अमेरिकी भिसा, ग्रिनकार्ड, नागरिकता लगायतका अध्यागमन विषयहरू हेर्ने सरकारी एजेन्सी युएससीआईएसको प्रमुखमा पहिलो पटक महिला नियुक्त गरिएको छ । अमेरिकी सिनेटले युएससीआईएस प्रमुखमा राष्ट्रपति बाइडेनको छनौटमा रहेकी उर जदउलाई सुनिश्चित गरेको हो ।

युएससीआईएस लामो समयदेखि कार्यवाहक प्रमुखले चलाउँदै आएकोमा निर्देशकमा जदउको नियुक्ति सिनेटबाट पारित भएपछि अब युएससीआईएसले पूर्ण प्रमुख प्राप्त गरेको छ । बाइडेन प्रशासनले अध्यागमनका मापदण्डहरूमा परिवर्तन गरे पनि त्यसलाई हेरविचार गर्नका लागि नियुक्त गरिने नेतृत्वको नाम सिनेटबाट पारित हुन बाँकी रहेको थियो ।

अहिलेसम्म डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी अन्तरगतका तीन मुख्य निकायहरू युएससीआईएस, आईस र सीबीपी कार्यवाहकले चलाउँदै आएका छन् । शुक्रवार सिनेटमा गरिएको मतदानमा युएससीआईएस निर्देशकको नियुक्तिका पक्षमा ४७ र विपक्षमा ३४ मत खसेको थियो । डोनाल्ड ट्रम्पको कार्यकालमा सन् २०१९ मा एल फ्रान्सिस सिस्नाले युएससीआईएस छाडेपछि कार्यवाहकले चलाउँदै आएका छन् ।

ट्रम्प कार्यकाल युएससीआईएस एसाइलम लगायतका अध्यागमन नीतिमा गरिएको कडाइका कारण केन्द्रबिन्दुमा रहदै आएको थियो । तर बाइडेन प्रशासनले युएससीआईएसले आप्रवासीमैत्री बनाउने प्रतिबद्धता जनाउँदै आएको छ । ट्रम्प प्रशासनले ल्याएका नीतिहरूलाई उल्टाएर नरम नीतिहरू लागु गर्दै युएससीआईएसलाई बाइडेन प्रशासनले फरक ढङ्गले अगाडि बढाउने प्रतिबद्धता जनाएको छ ।

उर जदउको अध्यागमन कानुन, नीति र प्रशासनको क्षेत्रमा दुई दशक लामो अनुभव रहेको छ । उनले अमेरिकाको अध्यागमन प्रणालीलाई न्यायसङ्गत तरिकाले र निष्पक्ष तरिकाले सञ्चालन गर्ने डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका सेक्रेटरी अलेहान्द्रो मेयरकासले अपेक्षा व्यक्त गरेका छन् । मिहिनेत आप्रवासीकी छोरीका रूपमा उनले आप्रवासी परिवारहरूलाई समृद्ध बनाउने र उनीहरूले सामना गरिरहेका समस्यालाई बुझ्ने मेयरकासको भनाई छ । खसोखासबाट

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू