अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३६ | Colorodo: 23:51

अमेरिकामा एसाइलम अस्वीकृत भएकाहरुलाई तीब्र गतिमा देशनिकाला गर्ने उडानहरु सुचारु

बिआरटीनेपाल २०७८ साउन १७ गते १०:०७ मा प्रकाशित

बाइडेन प्रशासनले अमेरिकामा एसाइलम अस्वीकृत भएकाहरुलाई तीब्र गतिमा देशनिकाला गर्ने उडानहरु शुक्रबारदेखि सुचारु गरेको छ । गैरकानूनी रुपमा मेक्सिकोको सिमा पार गरेर आएका र एसाइलम आस्वीकृत भएकाहरुलाई तीब्र गतिमा देशनिकाला गर्न उडानहरु सुचारु गरिएको हो । शुक्रबारको पहिलो उडानमार्फत ७३ जनालाई उनीहरुको देशमा फिर्ता पठाइएको छ । जस अनुशार कैयन व्यक्ति अध्यागमन न्यायाधिस समक्ष सुनुवाईको मौका नदिइकनै तीब्र गतिको देशनिकालाका लागि योग्य हुन्छन् । महामारी सम्बन्धित सिमा नीति अन्तरगत नपरेकाहरुका लागि तीब्र गतिको देशनिकालाको प्रकृया लागु हुनेछ । तीब्रगतिको देशनिकालाको नियम राष्ट्रपति बिल क्लीन्टनको पालामा सुरु गरिएको हो ।

सिमाक्षेत्रबाट गैरकानूनी रुपमा आउनेहरुलाई दुरुत्साहन गर्नका लागि बाइडेन प्रशासनले यो कदम चालेको हो । बाइडेन प्रशासनले आप्रवासनको मुख्य कारणलाई सम्बोधन गर्ने प्रयास गरिरहेकाले गैरकानूनी रुपमा नआउने राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले बारम्बार चेतावनी दिदै आएका छन् । यसअगाडि डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले वक्तब्य जारी गरेर सिमाक्षेत्रबाट पोर्ट अफ इन्ट्रीमा इन्सपेक्सन विना अमेरिका प्रवेशको प्रयास गर्नु गलत बाटो भएको बताएको थियो । यस्तो गर्न प्रयास गर्नु खतरनाक कार्य रहेको र यस्तो गर्न प्रयास गरेमा दीर्घकालिन अध्यागमन अवस्थाहरु श्रृजना हुने चेतावनी दिइएको थियो । शुक्रबार उडान सुचारु गरिएको घोषणा गरेको थियो । खसोखासबाट

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू