अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०४ | Colorodo: 04:19

ट्रम्पका दुई आप्रवासी नीति खारेज, हिंसाका कारण शरण खोज्नेलाई सजिलो

बिआरटिनेपाल संवाददाता न्यु योर्क । २०७८ असार ३ गते ११:२८ मा प्रकाशित

अमेरिकी सरकारले बुधवार पूर्ण राष्ट्रपति डोनाल्ड ट्रम्पले अख्तियार गरेको दुई वटा आप्रवासी नीति खारेज गरेको छ ।

ती दुई नीतिले हिंसाबाट जोगिन अमेरिकामा शरण खोज्नेलाई व्यवधान खडा गरेको थियो । एटर्नी जनरल मेरिक गाल्र्याण्डले बुधवार नयाँ नीति जारी गर्दै उक्त ट्रम्पकालीन नीति नियम खारेज गरेका हुन् । नयाँ नीति अनुसार आप्रवासन मामिला हेर्ने न्यायधीशहरुले घरेलु वा सामूहिक हिंसाको सिकार बनेका मानिसलाई शरण प्राप्त गर्न अप्ठ्यारो पार्ने ट्रम्पकालीन नीति नियम पछ्याउन बन्द गर्नु पर्नेछ ।

नयाँ नीतिले मानवीयताको रक्षा गर्ने र हिंसाको सिकार बनेकालाई शरण प्राप्तिका लागि सजिलो बनाउने ठानिएको छ । गाल्र्याण्डले जारी गरेको नयाँनीतिको आप्रवासनका क्षेत्रमाकाम गर्ने कानुन व्यवसायीहरूले स्वागत गरेका छन् ।

‘ट्रम्पकालीन शरण विरोधी नीति सबैभन्दा खराब आप्रवासी कानुनमध्ये एउटा थियो,’ अमेरिकन इमिग्रेसन काउन्सिलका लिगल डाइरेक्टर केट मेलो गोटेलले भने, ‘नयाँनीतित्यसलाई अन्त्य गर्ने पहिलो र धेरै महत्त्वपूर्ण कदम हो ।’

गाल्र्याण्डले राष्ट्रपति जो बाइडेनले आफ्नो कार्यालय र डिपार्टमेन्ट अफहोमल्याण्ड सेक्युरिटीलाई शरणका लागि योग्य समूहलाई सम्बोधन गर्ने जटिल कानुनमा परिवर्तन गर्न दिएको आदेश अनुसार नयाँ नीति ल्याइएको बताए । सीमा क्षेत्रमा अमेरिका प्रवेश गर्न खोज्ने आप्रवासीसँगको ‘इन्काउन्टर’ एकदमै बढेपछि त्यसलाई सम्बोधन गर्न कानुनमा यस्तो परिवर्तन गरिएको हो ।

शरणार्थी र अमेरिकी सीमा सुरक्षा अधिकारी बिच गत अप्रिलमा २० वर्ष यताकै ठुलो ‘इन्काउन्टर’ भएको थियो । इन्काउन्टरमा फेला परेका ठुलो सङ्ख्या शरणार्थी अमेरिकाले देश निकाला गरेका मानिस भएको बताइएको छ । साथै, सीमाबाट अमेरिका प्रवेश गर्न खोज्ने बालबालिकाको सङ्ख्या आकासिएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू