अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२९ | Colorodo: 04:44

भिसा अस्वीकार गर्नु अघि प्रमाण मागिने

बिआरटि नेपाल संवाददाता, न्यु योर्क । २०७८ जेठ २७ गते ९:१८ मा प्रकाशित

युएस सिटिजनशीप एण्ड इमिग्रेसन सर्भिसेस (युएससिआइएस) ले ट्रम्पको पालाको नीति उल्टाउँदै भिसा अस्वीकार गर्नु अघि थप प्रमाण माग्ने भएको छ ।

युएससिआइएसले बुधवार यस्तो घोषणा गरेको हो । बाइडेन प्रशासनको आप्रवासनको बाधा कम गर्ने बृहत् प्रयास अन्तर्गत युएससिआइएसको घोषणा आएको हो । अब, प्रमाण नपुगेका आवेदनमा सोझै भीसा अस्वीकार हुने छैन । युएससिआइएसले थप प्रमाण माग गर्दै त्यसका लागि समय प्रदान गर्नेछ । प्रमाण नपुगेमा मात्रभीस अस्वीकार हुनेछ ।

युएससिआइएसले विज्ञप्ति मार्फत आवेदन प्रक्रिया छिटो गर्ने नीतिमा सुधार गरिरहेको, रिक्वेस्ट फर इभिडेन्स (आरएफइएस) र नोटिसेस अफ इन्टेन्ट टु डिनाइ (एनओआइडिएस) मा भएको प्रावधान परिवर्तन गर्ने र इम्प्लोइमेन्ट अथोराइजेसन डकुमेन्टस (इएडिएसं) को अवधि बढाउने सम्बन्धमा काम भइरहेको जनाएको छ ।

‘वैधानिक आप्रवासन प्रक्रिया प्रवर्द्धन गर्न असफल नीति हटाउँदै छौँ,’ हामेल्याड सेक्युरिटीका सेक्रेटरी अलेहान्द्रो एनमायोर्कासले भने, ‘आप्रवासीलाई नागरिकताप्राप्तिसम्मको बाटो सजिलो बनाउने र आप्रवासी प्रणाली आधुनिकीकरण गर्ने प्रयास जारी रहने छ ।’

ट्रम्पकालमा जारी मेमो (२०१८) अनुसार अपूर्ण र अयोग्य आवेदन आप्रवासन अधिकारीले रिक्वेस्ट फर इभिडेन्स (आरएफइएस) र नोटिसेस अफ इन्टेन्ट टु डिनाइ (एनओआइडिएस) जारी नगरी सीधै अस्वीकार गर्न सक्थे । नयाँ नीति अनुसार आवेदकले अनजानमा गल्ती गरेको भए सच्याउने र प्रमाण पुर्याउने मौका पाउने छन् ।

युएससिआइएसले योग्यता पुगेका आवेदन प्रक्रिया तीव्र, सहज र सरल बनाउने सम्बन्धमा जानकारी प्रस्ट पार्नेछ । नयाँ नीति अनुसार प्रिमियम प्रसेसिङको विकल्प रहेका आवेदनको प्रशोधन समेत तीव्र बनाउन गैर नाफामुखी सङ्गठनले अनुरोध गर्न सक्नेछन् ।

त्यस्तै, एक वर्षको अनुमति भएका श्रम स्वीकृति (इम्प्लोइमेन्ट अथोराइजेसन डकुमेन्ट) को अवधि त्यसलाई जारी गर्दा र नवीकरण गर्दा २ वर्ष बनाइने जनाएको छ । यसले श्रम स्वीकृति प्रशोधनमा भइरहेको ढिला सुस्ती कमहुने युएससिआइएसको अपेक्षा छ ।

प्रतिक्रिया