अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१८ | Colorodo: 16:33

अपराधको सिकार बनेकालाई डिपोर्ट नगरिने

बिआरटीनेपाल २०७८ साउन २८ गते ६:३५ मा प्रकाशित

न्युयोर्क । इमिग्रेसन एण्ड कस्टम इन्फोर्समेन्ट (आइसिई) ले अपराधको सिकार बनेका ‘अवैधानिक’ आप्रवासीलाई डिपोर्ट नगर्ने घोषणा गरेको छ ।
आइसिईका एक्टिङ डाइरेक्टर टे जनसनले अपराधको सिकार बनेका आप्रवासीलाई डिपोर्ट नगर्ने नीतिले कानूनलागू गराउन त्यस्ता आप्रवासीबाट सहयोग प्राप्त हुने बताएका छन् । बुधवार यो नीतिको घोषणा गर्दै उनले भनेका छन्, ‘यसबाट आइसिईको अपराध अनुसन्धान प्रयासमा सहयोग पुग्नुका साथै कानुन पालना गराउने काममा आइसिईका एजेन्ट र अफिसरहरू बिच विश्वासको वातावरण पैदा हुनेछ ।’

उनले कानुनको सहयता लिँदा कानून पालना गराउने अधिकारीबाट जथाभाबी निर्णय हुने भन्ने भयको वातावरण कम गर्न र अपराध अनुसन्धान र अभियोजनमा सहभागी भई न्याय खोज्न आप्रवासीलाई उत्साहित गर्ने बताए । ‘मानव बेचबिखन लगायतका अपराधका पीडितले न्याय खोजुन भन्ने उद्देश्यले यो नीतिल्याइएको हो,’उनले भने ।

निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पका सिनियर एड्भाइजर स्टेफेन मिलरले नयाँनीतिले अवैधानिक आप्रवासीलाई गैर कानुनी रूपमा अमेरिका बस्ने ढोका खोलिदिने टिप्पणी गरेका छन् । उनले त्यस्ता आप्रवासीले आफू अपराध पीडित भएको दाबी गर्दै नयाँ नीतिको फाइदा लिएर डिपोर्टेसनबाट जोगिने पनि बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू