अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५१ | Colorodo: 14:06

चित्त सुद्ध हाम्रो हुनु पर्छ

शालिकराम घले २०८० मंसिर २६ गते १७:२२ मा प्रकाशित

किन यो जीवनमा अहङ्कार
अहंकारलाई हटाऊ
ध्यान सुमिरन हो जीवन
चित्त तिमी लगाऊ!!

यज्ञभुमि हो यो दुनियाँ
यज्ञ प्रेमको गर्नु पर्छ
प्रेम यज्ञले हाम्रो जीवन
सहज र सरल बन्ने गर्छ!!

जीवन यो एक सपना हो
न त पहिले थियौ न त पछि हुन्छौं
दुनियाँ हो यो क्षणिक पढाऊ
ध्यान सुमिरनमा चित्त लगाऊ !!

जे जे हामी गर्दै जान्छौ
कर्मको फल त्यस्तै पाउँछौ
दुःखी गरिबको आशु पुछ
जीवन लाई सेवा मा लगाऊ!!
हा हा र हू हू कति गर्छौ
भित्रको प्रज्ञा खै जागेको ?
वर्षौँ ध्यान गरे पनि त
समझको विकास खै भएको?

नाद सुमिरनमा डुब्नु पर्छ
जीवनको आनन्द मिठो मिल्छ
माला र वस्त्र लक्ष होइन
चित्त सुद्ध हाम्रो हुनु पर्छ!!

#बकैया – 09, मकवानपुर