अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१२ | Colorodo: 14:27

मन

शालिकराम घले २०८० मंसिर १५ गते १२:०० मा प्रकाशित

कविता

मनको वशमा नहुनु भन्छ
चञ्चल मन यो अडिँदैन कतै
यता र उता भटकिन्छ सधैँ
किन छैन यो कोहीको वशमा
हावा झैँ उड्छ यो अदृश्य चालमा!!
तर पनि ,
कोमल छ मन यो लुकाऊ कहाँ
यादको सिरानी भिजाऊ जहाँ
ढुङ्गाको मन यो किन पाइँदैन
तृष्णा को सागर किन मेटिँदैन!!

समात्न खोज्छु थप चोट लाग्ला
अल्झेर कतै अस्तित्व नै गुमाउला
सागर तरी खोजेर ल्याए
मनको खोजमा तिमीलाई पाए!!

मनको यो आन्द्रता कसरी सुकाऊ,
निरन्तर चिसो कसरी ओभाउ
दायाँ र बायाँ विचलित हुन्छ
द्रष्टाको भावमा स्थिर आफै हुन्छ!!

दृश्य र द्रष्टा मनबाटै जाग्छ
शून्यताको आकाङ्क्षा मनले नै खोज्छ
मायालु मन यो माया नै रोज्छ
तर पनि,
मनको वशमा न हुनु पनि भन्छ!! !