अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२९ | Colorodo: 11:44

जीवन घर न घाटको बनायो

शालिकराम घले २०८० भदौ २५ गते २०:१८ मा प्रकाशित

कविता

साँझ पर्ने बित्तिकै
कानमा भुनुनु गर्ने
डसी डसी सबलाई
हैरान पार्ने
उडी उडी यो मन
दिक्क पार्ने
लामखुट्टे त
लामखुट्टे!!
सुन्दै तलाई दिक्क लाग्ने
पडकाउछु यी हात
सुत्त भाग्ने
त लामखुट्टे
लामखुट्टे!!
निद्रा बिथोल्ने
रातमा जगाउने
झुलभित्र पनि
कहाँबाट पस्ने
अध्यारोपमा त झन्
ताण्डव नै देखाउने
त लामखुट्टे
लामखुट्टे!!
गोलभेँडा र प्याजको
भाउ बिर्सिएर
खाएको थिए
रगत बढ्ला भनेर
यो छोपडी
तलाई प्यारो लाग्यो
मेरै रगत
तलाई मिठो भयो
त लामखुट्टे
लामखुट्टे!!
डेग्गुको आगमन
त्यैबाट आयो
मृत्युको छाया
मुटुमै समायो
गरिबको जीवन
रमिता बनायो
त लामखुट्टे
लामखुट्टे!!
औषधी र मुलो
जीवन बनायो
ऋणको भारी
डोको बोकायो
रोगीको पदवि
नमिठो दिलायो
जीवन यो आज
घर न घाटको बनायो!!
लामखुट्टे त
लामखुट्टे!!