अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१६ | Colorodo: 13:31

हिमाल

शालिकराम घले २०८० असोज २० गते १३:५९ मा प्रकाशित

कविता
सगरमाथा चढ्ने रहर पुर्‍याइदेउन
सन्सारको अग्लो हिमाल
राख्छ मान हाम्रो नेपाल
चार-जात छत्तीस वर्ण
मिलेका छौ सबै मन!१!
पासाङले सर्वप्रथम
गोडा टेकिन सगरमाथा
नेपालमा बस्ने तिमी हामी
प्यारो हाम्रो नाता-गोता!२!
हिमाल तिम्रो छाया मुनी
डाँफे -मुनाल नाची रहन्छन्
प्रकृतिको मिठो छटा हेर्न
पर्यटकहरू आउने गर्छन्!३!
हिमाल तिम्रो निधारमा
लालिमाको रातो टीका
सुन्दर देश नेपालको
राखौँ हामी सबले हेक्का!४!
घामको रातो किरण पर्दा
तिमि मोती बनी दिन्छौ
मोती दाना चम्की दिँदा
मन यो मोहित पारी छोड्छौ!५!
मन हाँस्छ,तन नाच्छ
हेरी हेरी तिम्रो पन
सगर माथा चढ्ने रहर
तिमीले नै पुर्याइदेउन!६!