अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१२ | Colorodo: 09:27

मुस्कुराउँछौ सधैँ भरी

शालिकराम घले २०८० असार २७ गते २१:०८ मा प्रकाशित

अँध्यारो हुन्थ्यो जीवन
नपाए तिम्रो दीक्षा
सिक्दैछु तिमीसँग
मागी संन्यासको भिक्षा!!

नमन गर्छु तिमीलाई
दसै यी औँला जोडेर
सधैँ आदर मनमा
हिँड्ने छैन बाटो मोडेर!!

प्रज्ञाको ज्योति बल्दा
झलमल्ल सधैँ भरी
हावा लागेर के हुन्छ र ?
यो निम्दैन कसै गरी!!

महासागर भन्दा
ज्ञान सागर व्यापक
प्रज्ञाको खेतबारी यो
बनाउनु छ सार्थक!!

जिन्दगीको बसुन्धारामा
ज्ञानको मूल फुर्दछ
तिमीलाई सामु पाएर
शिर यो मेरो झुक्दछ!!

गुरुवाणिहरु लाग्छन्
ब्रहनाद सनातन
गुरु नै व्यक्ति हुन
एक ईश्वर सहोदर!!

कसरी दिऊ शब्द छैन
धन्यवाद म तिमीलाई
तिम्रो यो मालाले मेरो
चिनारी हुन्छ सधैँ भरी!!

गुरुको याद मिटदैन
सृष्टि अन्त्य भए पनि
निद्रामा पनि तिमी नै छौ
मुस्कुराउँछौ सधैँ भरी!!

मकवानपुर -बकैया ०९