अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१० | Colorodo: 04:25

कोभिड राहत बजेट पारित, धनी अमेरिकी तथा कागजात नभएका आप्रवासीले राहत चेक नपाउने

बिआरटिनेपाल संवाददाता, न्युयोर्क २०७७ माघ २३ गते ९:४५ मा प्रकाशित

सिनेटले राष्ट्रपति जो बाइडेनको १ दशमलव ९ ट्रिलियन डलरको कोभिड राहत बजेट पारित गरेको छ । उप-राष्ट्रपति कमला ह्यारिसको मतले ५१–५० भोटबाट उक्त राहत बजेट शुक्रवार बिहान भएको हो ।

बजेट पारित गर्न रातभर कसरत गरिएको थियो । एक दर्जन भन्दा बढी बुँदा पछि संशोधन गर्ने सहमतिका आधारमा ४१ भोट राहत प्याकेजको पक्षमा ल्याइएको थियो । विवादित प्रस्ताव यसरी पारित गराउने प्रचलनलाई ‘भोट–अ–रामा’ भनिन्छ । उप राष्ट्रपतिका रूपमा ह्यारिसले सिनेटमा पहिलो निर्णायक भोट दिएकी हुन् ।

राहत प्याकेजका लागि पारित बजेटबारे थप २० घण्टा छलफल हुन्छ । त्यसपछि फेरी दुवै सदनमा मतदानमार्फत राहत प्याकेजलाई अन्तिम रूप दिइन्छ । डेमोक्रेटको नियन्त्रणमा रहेको हाउसले भने अघिल्लो साता उक्त प्याकेज पारित गरेको थियो ।

सिनेटले राहत प्याकेजमा भएको सङ्घीय न्यूनतम ज्याला दर प्रति घण्टा १५ डलर पुर्‍याउने बाइडेनको प्रस्ताव भने अस्वीकार गरिदिएको छ । त्यस्तै, तीव्र प्रतीक्षित १४ सय डलरको राहत चेक पनि संशोधन हुन सक्ने सूचीमा राखिएको छ । रिपब्लिकनहरूले राहत चेक १ हजार डलर प्रस्ताव गरेका छन् । त्यस्तै सिनेटले धेरै कमाइ भएका अमेरिकी तथा कागजात विहीन आप्रवासीलाई राहत चेक नदिने प्रस्ताव पनि पारित गरेको छ ।

सम्बन्धित सामग्रीहरू