अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२६ | Colorodo: 14:41

एनआरएनए अमेरिका न्यु ह्यम्पसायर च्याप्टरको बुझ बुझारथ कार्यक्रम सम्पन्न

ईश्वरी भट्ट २०७८ साउन १६ गते ९:०५ मा प्रकाशित

गैर आवासीय नेपाली सङ्घ न्यूह्सामसायर च्याप्टरको बुझ बुझारथ, बधाई, शुभकामना तथा धन्यवाद ज्ञापन कार्यक्रम यही जुलाई३०,२०२१ मा एक विशेष कार्यक्रम सहित भव्य रूपमा समंपन्न भएको छ।

च्याप्टर निवर्तमान अध्यक्ष डम्बर कडरियाको अध्यक्षतामा प्रथम सेसन र वर्तमान अध्यक्ष कमल ढुङ्गानाको अध्यक्षतामा दोस्रो शेसन सम्पन्न भयो । उक्त कार्यक्रममा हरिमाया अधिकारीको गायनमा नेपाली राष्ट्रिय गान र अमेरिकन राष्ट्रिय गान बजाइ सुरु गरिएको थियो । च्याप्टर कार्य समिति सदस्य शेखर राईले आगन्तुकहरूलाई स्वागत गरे पश्यात अध्यक्ष डम्बर कडरियाले नव निर्वाचित अध्यक्ष कमल ढुंगानालाइ खादा ओढाइ स्वागत गर्दै आफ्नो कुर्सिमा राख्नु पस्चात अध्यक्ष कमल ढुङ्गानाले निवर्तमान अध्यक्ष डम्बर कडरियालाइ खादा ओडाइ धन्यवाद दिनु भएको थियो भने नया अध्यक्षलाई पुरानो अध्यक्षले बुझ बुझारथ समेत गर्नु भएको थियो ।

कार्यक्रम एन आर एन ए महिला संयोजक सुन्दरी गुरूङको प्रमुख आतित्थ्यतामा गरिनुका साथै उहांबाटै नव निर्वाचित च्याप्टर पदाधिकारीहरूलाइ शपथ ग्रहण गराइएको थियो भने डा. रुद्र अर्यालबाट प्रमाण पत्र वितरण एवं सुन्दरी गुरूङबाट नव नव निर्वाचितहरूलाइ खादा ओढाइ सम्मान गरिएको थियो ।

शुभकामना मन्तव्यको क्रममा प्रमुख अतिथिको मन्तव्यमा महिला संयोजक सुन्दरी गुरूङ्ले आफू एन आर एन को अभियानमा सकृय रूपमा लाग्ने र यसको संरचनामा परिवर्तन ल्याउने बताउँदै नव निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा निवर्तमान हुनु भएकाहरूलाइ धन्यबाद व्यक्त गर्नु भयो । त्यसै गरी सुपरिवेक्षण कमिटी प्रमुख डा. रुद्र अर्यालले आफूले न्यूह्यामसायरमा नौलो अनुभूति पाएको र यस्तै सवै संस्थाहरूले एक भई हरेक कार्यक्रम सहभागी हुने परम्परा सदैव रहोस् भन्दै नव निर्वाचित पदाधिकारीहरूलाई बधाई एवं धन्यवाद व्यक्त गर्नु भयो । संस्थाका संस्थापक अध्यक्ष, एनआरएन आइसीसी संस्कृति सम्पदा उप समिति सदस्य ईश्वरी भट्टले संस्थामा सवैलाइ निस्स्वार्थ रूपमा लाग्न र शपथमा खाएको शपथलाई साकार पार्न अनुरोध गर्दै नव निर्वाचितलाई बधाई र निवर्तमानलाइ धन्यबाद व्यक्त गर्नु भयो । सो कार्यक्रममा बोष्टनबाट नृपेन्द्र धिताल, राज रजक, मासाच्यूसेच च्याप्टर अध्यक्ष प्रेम तामाङ, न्यूह्यामसायरबाट नेपाली समाजका अध्यक्ष शान्ता विष्ट, तमु समाज अध्यक्ष हितमान गुरुङ, लायन्स उप सभापति शम्भु गुरुङ, राई समाज न्यूइंल्याणच्याप्टर अध्यक्ष मुक्ति नारायण राई, निवर्तमान के स क्षत्र कुमारी गुरुङ, सामाजिक अभियन्ता लोक लामा गोलेहरूले ॲाफ्नाशुभकामना तथा धन्यवाद ज्ञापन व्यक्त गर्नु भएको थियो ।

कार्यक्रमको अन्तमा सबैको सहयोगबाट संस्थाको विकास र कार्यक्रम अगाडि बढाउन सक्ने अपेक्षा राख्दै, खानपिन सरसफाइमा सहयोग गर्नेहरूलाई धन्यवाद दिँदै कार्यक्रम समापन गर्नु भएको थियो। कार्यक्रम रोचक शैलीमा संस्थापक अध्यक्ष ईश्वरी भट्टलेसंचालन गर्नु भएको थियो ।

प्रतिक्रिया