अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३८ | Colorodo: 09:53

न्यूह्यामसायरमा विध्द्याकी देवी सरस्वतीको पूजा एवं बाल प्रतिभा प्रतियोगिता सम्पन्न

ईश्वरी भट्ट २०७७ फागुन १० गते ८:४२ मा प्रकाशित

अनेसास न्यूह्यामसायरको आयोजनामा विध्द्याकी देवी सरस्वती माताको पूजा एवं बाल प्रतिभा प्रतियोगिताको कार्यक्रम यही फेब्रूबरी २० तारीख़ २०२१, शनिवार जुमको माध्यमबाट भव्य रूपमा सम्पन्न भएको छ ।

अनेसास केन्द्रीय वरिष्ठ उपाध्यक्ष गोवर्धन पूजाको प्रमुख आतित्थ्यता र वि ओटी उपाध्यक्ष पदम विश्वकर्मा, गैआनेसंघ अन्तर्राष्ट्रिय भाषा साहित्य संस्कृति सम्पदा समितिका उपाध्यक्ष एवं प्राविधिक सहयोगी महेश्वर पन्तको विशेष आतित्थ्यता रहेको सो कार्यक्रममा तारादेवी न्यौपानेबाट  मन्त्रोच्चारण एवं पूजापाठ गरिनुका साथै सरस्वती स्तोत्र वाचन गर्नु भयो र सो कार्यकोलागि उपाध्यक्ष रमा न्यौपानेले सघाउनु भएको थियो । सँग सँगै सृला कडरियाबाट नेपाली तथा अमेरिकन राष्ट्रिय गान गाइएको थियो ।

कार्यक्रममा दर्जनौँ बाल बालिकाहरूले गायन, नृत्य, वाद्यवादन, चित्रकला, कविता वाचन लगायतका विषयहरूमा आ-आफ्नो प्रतिभा रोचक ढङ्गबाट प्रस्तुत गरेका थिए ।

प्रतियोगिताको जज प्यानलमा संयोजन महेश्वर पन्त, टिममा दिपा राई पुन, सुशील गौतमहरूबाट अहम् भूमिका निभाउनु भएको थियो । कार्यक्रम अत्यन्त प्रभावकारी रहेको र ऑाफू सधैँ न्यूह्यामसायरको कार्यक्रममा आउन उत्साही रहने एवं साहित्य कला र संस्कृतिलाई बचाइ राख्न यस्तै कार्यक्रमहरू हुनु पर्नेमा जोड दिनु हुँदै प्रमुख अतिथिको मन्तव्यमा वरिष्ठ उपाध्यक्ष बताउनु भयो । आफ्नो अगाडि भनाइमा विदेश बस्नु भनेको सुख खोज्नु मात्र नभै नेपाली भाषा साहित्यको सेवा पनि गर्नु हो र अनेसासले यसको अहम् भूमिका निभाउँदै आएको र अनेसास न्यूह्यामसायर त्यसको एक नमुना भएको पनि उहॅाले बताउनु भयो । त्यसै गरी जनजाति मगासंघ न्यूह्यामसायर च्याप्टर अध्यक्ष सुन्दरी गुरूङ्ले आफू कार्यक्रमबाट प्रभावित भएको र यस्ता कार्यक्रमले कम्युनिटीमा महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै हालसंचालित नेपाली कक्षाको बारेमा पनि प्रस्ट पार्नु भयो । सँगै नेपाली कक्षाका प्रबन्धक विकाश गुरूङ्ले कक्षाको गतिविधि, विकाश र यसको वर्गीकरणको व्याख्या गर्दै अनेसासले गरेको सहयोगको प्रशंसा एवं कक्षाका स्लाइड सोहरू पनि प्रस्तुत गर्नु भयो ।

कार्यक्रमका सभापति तथा च्याप्टर अध्यक्ष हरि माया अधिकारीले प्रमुख अतिथि, विशेष अतिथि, अनेसास परिवार, सहभागी प्रतिभाहरू, निर्णायक मण्डल, सम्पूर्ण सङ्घ संस्था र व्यक्तिहरूलाई  धन्यवाद दिँदै संस्थाको सबै कार्यक्रम सम्पन्न गर्न अहम् भूमिका खेल्नु भएकोमा प्रधान सम्पादकलाई विशेष धन्यवाद दिनु भएको थियो ।

संस्थाका प्रधान सम्पादक एवं वि ओटी अवार्ड कमिटी सदस्य ईश्वरी भट्टले यस कार्यक्रमको ऐतिहासिकता माथि प्रकाश पर्दै निर्णायक मण्डलबाट छनौट पुरस्कृतहरूलाई हवाहरूकै ठेगानामा पुरस्कार र प्रमाण पत्र पठाइने बताउनु भयो । त्यसै गरी उहाँले संस्थाको सुरुदेखिको कार्यक्रममा लगातार सात वर्ष सम्म नृत्य गर्ने विदिशा गुरूङ्लाइ संस्थाको निर्णय अनुसार “अनेसास डान्सिङ स्टार अवार्ड” प्रदान गरिएको घोषणा गर्दै अवार्डको नमुना देखाउनु भएको थियो । साथै महासचिव हरि कुमारी गुरुङले बाल बालिकाहरूको तयारीमा सघाउनु भएको थियो ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना प्राप्त गर्नेहरूको नामावली जज प्यानल संयोजक महेश्वर पन्तले पढेर सुनाउनु भयो । चार वटा विषयहरूमा प्रतियोगीहरूले भाग लिएका थिए भने डान्समा- दिक्षिता/जुनिपर  गुरुङ प्रथम, आन्या वैध्य द्वितीय, स्रेया खनाल, समर/ विदिशा गुरुङ तृतीय, वाद्यवादनमा रितेश आचार्य प्रथम, देव शर्मा द्वितीय, सुहानी कार्की तृतीय, त्यस्तै प्रवचनमा ईश्वरी गुरुङ प्रथम, रिदम खनाल द्वितीय र प्रज्ञा श्रेष्ठ तृतीय हुनु भएको थियो भने कवितामा दिया प्रेमी प्रथम हुनु भएको थियो ।

कार्यक्रममा बाल बालिकाहरू भूमिका राई, सुनैना राई, कृपा नेपाल,ज्योति प्रेमी, स्पर्दा गुरुङ, आदित्य खनाल, सुभाना राई र अलीसाथापाले भाग लिनु भएको थियो । सोही कार्यक्रममा अंशु श्रेष्ठ वैद्यलाई अनेसास न्यूह्यामसायरको आजीवन सदस्यता प्रदान गरिएको थियो ।

उक्त कार्यक्रमको सञ्चालन प्रधान सम्पादक ईश्वरी भट्टले गर्नु भएको थियो भने पूर्व च्याप्टर अध्यक्ष एवं अनेसास केन्द्रका कोषाध्यक्ष कृष्ण कुमार गिरीले उपस्थित सवैमा धन्यवाद व्यक्त गर्नु हुँदै अनेसास न्यूहायामसायरको कामको मुक्त कन्ठलेप्रसंसा गर्नु भएको थियो । कार्यक्रमका सभापति हरि माया अधिकारीले कार्यक्रम समापन गर्नु भए पछि उपस्थित महानुभावहरूबाटकार्यक्रमको समीक्षा गरिएको थियो । कार्यक्रममा अनेसासका केन्द्रीय उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, गैआने सङ्घ अमेकीकाका वोर्ड सदस्य एवं तमु समाज न्यूह्यामसायरका अध्यक्ष क्षत्र गुरुङ, नेपाली समाजका अध्यक्ष सोम गुरुङ, लायन्स का अध्यक्ष एवं संरक्षक उमेश कोइराला, गैआने सङ्घ न्यूह्यामसायर च्याप्टरका अध्यक्ष डम्बर कडरिया, यु के रा ओ का अध्यक्ष एवं वि ओ टी मुक्ति नारायण राई, जनजाति महासङ्घ न्यूह्यामसायरका अध्यक्ष सुन्दरी गुरुङ, तमु समाज न्यूह्यामसायरका उपाध्यक्ष हितमान गुरुङ भुटानी नेपाली समाजका संस्थापक टिका आचार्य, नेपाली समाजका उपाध्यक्ष राम भण्डारी , नेपाली समाजका पूर्व अध्यक्ष मीन गौतम, गै आ ने सङ्घ अमेरिकाका पूर्व अध्यक्ष एवं सल्लाहकार शिव कुमार राई, डा पुष्प मान जोशी, संस्थाका सदस्य घनश्याम शर्मा, भेष राज शर्मा, नविनखनाल र अनेसासका आजीवन सदस्यहरू लगायतका समाजसेवीहरूको उपस्थिति रहेको थियो भने उक्त कार्यक्रममा ६० परिवार र झन्डै १८० को सङ्ख्यामा उपस्थित रहेको महासचिवले जानकारी गराउनु भयो त्यसै गरी इ-नेप्लीजको र व्यक्तिगत समेतको लाइवबाट विश्वभरबाट सैयौ दर्शकहरूले प्रत्यक्ष हेर्नु भएको थियो । सरस्वती मातालाई दान समेत गरी दाताहरूबाट $१४२२ कार्यक्रमलाई सहयोगराशी पनि सङ्कलन भएको  कोषाध्यक्ष दिन बन्धु प्रेमीले जानकारी गराउनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू