अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०८ | Colorodo: 02:23

नेपाली रियल स्टेट डेभ्लपमेन्ट फन्ड करपोरेशनको प्रथम साधारण सभा सम्पन्न

ईश्वरी भट्ट २०७७ चैत १६ गते ८:१८ मा प्रकाशित

नेपाली रियल स्टेट डेभ्लपमेन्ट फन्ड करपोरेशन {Nepali Real Estate Development Fund Corporation (NREDFC)} को प्रथम साधारण सभा यही मार्च २८,२०२१ मा एक विशेष कार्यक्रम सहित स्थलगत र जुमको माध्यमबाट भव्यरूपमा सम्पन्न भएको छ।

कार्यक्रममा नेपाल सरकारका अमेरीकाकालागि राजदूत महामहिम डा. युवराज खतिवडाको प्रमुख आतित्थ्यता रहेको थियो। त्यसै गरी एन आर एन ए का वरिष्ठ उपाध्यक्ष डा. अर्जुन बन्जाडे, रूपान्तरणका अकुर लुइटेल, एभरेष्ट फेडरल क्रेडिट युनियनका महासचिव अञ्जन श्रेष्ठ, प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष प्रभु थापा, नेपाली जनप्रगतिशिल मञ्चका संयोजक नारायण कडेलगायतको विशेष आतित्थ्यता रहेको थियो। कार्यक्रम एक सय सत्रमा झन्डै एक सयको सङ्ख्यामा सेयर होल्डरहरूको स्थलगत तथा भर्चुअल उपस्थिति रहेको थियो।

महामहिम राजदूत डा युवराज खतिवडाले ॲाफ्नो शुभकामना मन्तव्य राख्नु हुँदै संस्थाको भलाइ एवं प्रगतिको कामना गर्नु भएको थियो। व्यवसाय र यसको विकासकालागि नेपाली समूहले चालेको यो प्रशंसनीय काम भएको बताउनु हुँदै व्यावसायिक विकास र प्रवर्धनकोलागि ॲाफ्ना अनुभवले सघाउन तयार रहेको बताउँदै, नेपालमा रियल स्टेट यसरी विकास नभए पवि अन्य व्यापार व्यवसाय र औध्योगिकिकरणमा ॲाफूले धेरै काम गरेको र नेपाली औद्योगिक विकासमा एन आर एन ले धेरै काम गर्न सक्ने कुरा उहॅाले अगाडि बताउनु भयो। त्यसै गरी गै आ ने सङ्घ अमेरिकाका वरिष्ठ उपाध्यक्ष डा अर्जुन बन्जाडेले साधारण सभाको पूर्ण सफलताको कामना गर्दै एक वर्ष हुँदा नहुँदै कोभिड महामारीको बिचमा पनि संस्थाले गरेको काम र प्रगतिको प्रशंसा गर्नु भएको थियो। त्यसै गरी रूपान्तरण मिडियाका अकुर लुइटेलले संस्थाको कामको प्रशंसा गर्दै संस्थाले सबैलाई समेटेर अगाडि बढेमा अझै राम्रो हुने बताउनु भएको थियो। शुभकामना मन्तव्यकै क्रममा प्रवासी नेपाली मञ्चका अध्यक्ष प्रभु थापा, एभरेष्ट फेडरल क्रेडिट युनियनका महासचिव अञ्जन श्रेष्ठ, नेपाली प्रगतिशील मञ्चका संयोजक नारायण कँडेलहरूले पनि संस्थाको उन्ति र प्रगतिको कामना गर्दै ॲाफूहरूले सकेको सघाउने कुरा बताउनु भएको थियो।

कार्यक्रमको सुरूमा संस्थाका अध्यक्ष एवं साधारण सभाका अध्यक्षसंजय थापाले संस्थाको उद्देश्य र लक्ष बारे प्रकाश पार्दै सबैलाई समावेश हुन आव्हान गर्नु भएको थियो भने संस्थाका उपाध्यक्ष भुवन अधिकारीले सबैलाई कार्यक्रममा स्वागत गर्नु भयको थियो।

दुई सेसन गरी सञ्चालन गरिएको सो साधारण सभामा बन्द सेसनमा समष्टिगत सचिवालयको कार्य र प्रतिवेदन- सचिव कृष्ण प्रसाद लामिछाने, आर्थिक प्रतिवेदन कोषाध्यक्ष हिमाल अधिकारी, लगानीको अवसर र अवस्था बारे कुलमणि आचार्य, भावी कार्य योजना वारे- पुजय थापा र ईश्वरी भट्टबाट विधान लगायतका विषयहरूमा प्रकाश पारिएको थियो। प्रस्तुत भावी कार्यक्रममा दश हजार=एक सेयर भन्दा कम रकम जम्मा गर्नेलाई प्रोत्साहन गरी एक सेयर पुर्‍याउन अनुरोध गर्ने। लगानीमा ४९/५१ को अवधारणा लागु गर्ने।सबै सेयर सदसबाट मासिक $१०० जम्मा गर्ने। ११७ सेयर सदस्य २०० पुर्‍याउने। ५ वर्षमा कम्पनीको मुलधन कम्तीमा दश मिलियन पुर्‍याउने लक्ष सहितको कार्यक्रम साधारण साधारण सभामा प्रस्तुत गरिएको थियो। हाल सम्म सङ्कलित रकम ७ लाख १७ हजार रहेको र सोबाट न्यूयोर्कमा एक र ओहायोमा एक गरी दुई घर खरिद गरी कारोबार सुरु गरिएको संस्थाका कोषाध्यक्ष हिमाल अधिकारीले साधारण सभामा जानकारी गराउनु भयो ।

सुरूमा एक हजार डलर लगानी गर्ने एक सय जना कसरी बनाउन सकिन्छ भन्ने सोचमा रहेको संस्थामा एकै वर्षको सेरो फेरोमा दस हजार डलर राखने नै एक सय पुग्ने अवस्था सिर्जना भएको र आगामी दिनमा दुई सय नै दस हजारका सेयर सदस्य पुग्ने आकाङ्क्षाको कार्यक्रम साधारण सभामा पेस गरिएकोले सहभागीहरू उत्साहित हुँदै केही व्यक्तिहरूबाट ॲाफ्नो सेयर रकम एक सेयर बराबर बनाउन भोलि नै रकम जम्मा गर्ने घोषणा गर्नु भयको थियो। लगानीमा आसा भएका मिहिनेती अनुशासित एक वौध्दिक जमात, जसभित्र रियल स्टेका अनुभवी व्यक्तिहरू, अर्थ विधहरू, आइटीका स्मार्ट व्यक्तित्वहरू, सामाजिक अभियन्ताहरू, डाक्टर र इन्जिनियरहरू को नामावली सेयर सदस्यहरूको नामावलीमा देखिएको थियो। सबै भन्दा ठुलो कुरा सुरु कै दिन देखि एक मन, एक साथ, एक विश्वास र गति भएका मान्छेहरूको सक्रिय संलग्नताले संस्था यहाँ आइपुगेको प्रवाह साधारण सभामा देखिन्थ्यो ।

यही स्पिरीटमा अगि बढ्दै गयो भने यो संस्था नेपाली पहिचान सहित सफल संस्थाको रूपमा अगाडि बढाउने छ र यसबाट मातृ भूमि पनि भविष्यमा लाभान्वित हुनेछ भन्ने पर्यवेक्षकहरूको भनाइ छ।कार्यक्रमको समापनमा सभापति सञ्जय थापाले सबैलाई धन्यवाद दिँदै यही उत्साहकारसाथ अघि बढ्न आव्हान गर्दै साधारण सभा सम्पन्न भएको घोषणा गर्नु भएको थियो। संस्था २०२० मा नेपाली अमेरिकनहरूबाट सुरु गरिएको थियो भने संस्थापक अध्यक्ष सञ्जय थापा र सचिव कृष्ण लामिछाने यथावत् पुन ३ बर्षकालागि रहने सर्व सम्मत निर्णय सहित निम्नानुसार १५ सदस्यीय बोर्ड पनि साधारण सभाले मनोनयन गरेको छ।

साथै एक महिला सदस्य आगामी बैठकबाट मनोनयन गर्ने कुरा पनि संस्थाले जानकारी गराएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू