अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४४ | Colorodo: 19:59

अनेसास न्यूह्मसायरले मनायो भानु जयन्ती

ईश्वरी भट्ट २०७८ असार २८ गते ११:१५ मा प्रकाशित

अनेसास न्यूह्यामसायरले यही जुलाई शनिवार २०८ औँ भानु जयन्ती भव्य रूपमा मनाएको छ । अनेसास वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजाको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा अनेसास पुरस्कार समिति सदस्य एवम् एनआर एन अन्तर्राष्ट्रिय संस्कृति तथा सम्पदा उपसमिति सदस्य र संस्थाका प्रधान सम्पादक ईश्वरी भट्ट, साहित्यकार डा. मधु माधुर्यको विशेष आतित्थ्यता रहेको थियो।

आसन ग्रहण पश्चात् भानुभक्तको फोटोमा माल्यार्पण र संस्थाकी सह-कोषाध्यक्ष राधा थापाले नेपाली राष्ट्रिय गान र श्रीयम रिमालले अमेरिकी राष्ट्रिय गान गाउनु भएको थियो । च्याप्टरका प्रधान सम्पादक ईश्वरी भट्टले स्वागत मन्तव्य व्यक्त गर्नुहुँदै अनेसास च्याप्टरले गरेका कामहरू बारे प्रकाश पार्नुभएको थियो । पूर्व सचिव एवं साहित्यकार राम भण्डारीले भानुभक्तको बारेमा विस्तृत एवम् अत्यन्त महत्त्वपूर्ण टिप्पणी गर्नु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजाले न्यूह्यामसायर च्याप्टरले गरेका कामहरूको प्रशंसा गर्दै आफू विगतदेखि सहभागी हुने गरेको एक उत्कृष्ट च्याप्टर र यो च्याप्टर नै कोरोना कालपछि प्रथम स्थलगत भानु जयन्ती मनाउने च्याप्टर भएको बताउँदै आफ्नो रचना वाचन गर्नु भएको थियो ।

त्यसै गरी कार्यक्रममा रचना वाचन तथा शुभकामना मन्तव्य राख्नु हुनेहरूमा प्राडा रुद्र अर्याल, एनआरएन पूर्व अध्यक्ष शिवकुमार राई, रामचन्द्र भण्डारी, ईश्वरी भट्ट, बोस्टन च्याप्टर अध्यक्ष दीपा राई पुन, सुशील नेपाल, अनु शाह, तारादेवी न्यौपाने, श्रृजना दाहाल, हरिकुमारी गुरुङ, डा. मधु माधुर्य हुनु हुन्थ्यो ।

कार्यक्रममा एनआरएनए च्याप्टर पूर्व अध्यक्ष डम्बर कडरिया, वर्तमान अध्यक्ष कमल ढुङ्गाना, नेपाली समाजका अध्यक्ष सोम गुरुङ, तमु समाज अध्यक्ष क्षत्र गुरुङ, एनआरएनए महिला कोअर्जिनेटर सुन्दरी गुरुङ, संरक्षक उमेश कोइराला, एभरेष्ट सेन्टेनियल लायन्स क्लब उपाध्यक्ष शम्भु गुरुङ, बोस्टन लायन्स क्लबका अध्यक्ष सुशील नेपाल, श्रीयम रिमालहरूको सहभागिता रहेको थियो।

आजीवन सदस्य कवयित्री तारादेवी आचार्यको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमलाई संस्थाकी महासचिव हरिकुमारी गुरुङले रोचक ढङ्गबाट सञ्चालन गर्नु भएको थियो। प्रधान सम्पादक ईश्वरी भट्टले कार्यक्रममा पिपुल्स च्वाइस भोटिङ र त्यसको घोषणा एवम् रोचक प्रश्नोत्तर कार्यक्रम गरी कार्यक्रममा रस भर्नु भएको थियो ।अनेसास न्यूह्यामसायर पिपुल्स च्वाइस भोटमा महासचिव हरि कुमारी गुरुङले उच्च अङ्क प्राप्त गर्दै प्रथम हुनु भएको थियो भने उहाँलाई प्रमुख अतिथि वरिष्ठ उपाध्यक्ष पूजाले प्रमाण पत्र एवम् पुरस्कार प्रदान गर्नु भएको थियो। पुरस्कारबाट प्राप्त रकम महासचिव गुरुङले संस्थालाई नै प्रदान गर्नु भएको थियो। अन्त्यमा कार्यक्रम सभापति तारा न्यौपानेले सबैलाई धन्यवाद दिँदै सभा समापन गर्नु भएको थियो । सो कार्यक्रममा संस्थाका पदाधिकारी एवं आजीवन सदस्यहरू शारदा भट्ट, मैया ढुङ्गाना, हरिकुमारी गुरुङ, निगम रिमाल, राधा थापा, डम्बर कडरिया, रमा न्यौपानेहरूबाट मिठो परिकार बनाई निःशुल्क प्रदान गर्नु भएको थियो भने, हितमान गुरुङ, सुन्दरी गुरुङ, क्षत्र गुरुङ, राम भण्डारी, ईश्वरी भट्ट, भेषराज शर्मा, राधा थापा, लगायतका व्यक्तिहरूले कार्यक्रमलाई सहयोग गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू