अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२९ | Colorodo: 14:44

न्यूहायामसायरमा एन आर एन सदस्यता वितरण सम्बन्धी एक भेला सम्पन्न

ईश्वरी भट्ट २०७७ पुष २५ गते १७:२८ मा प्रकाशित

एनआरएन एन एच च्याप्टरले यही जनवरी ८ तारिख बेलुकी सदस्यता वितरण सम्बन्धी एक बृहद भेला जुमको माध्यमबाट गर्‍यो । भेलामा केन्द्रीय अध्यक्ष सुनिल साह, वरिष्ठ उपाध्यक्ष डा. अर्जुन वन्जाडे, उपाध्यक्षहरू बि आर लामा, बुद्धि सुवेदी, कृष्ण जीवी पन्त, महासचिव पशुपति पाण्डे, प्रमाणीकरण प्रमुख डा राजन पन्त, आर सी संन्जिव श्रेष्ठ, सचिव सदस्यता वितरण समितिका गोपेन्द्र भट्टराई, सदस्यता वितरण कमिटीकी उपाध्यक्ष निर्पेन्द्र धिताल, सदस्यता वितरण समितिका सदस्य एवं च्याप्टर अध्यक्षहरू रामहरि अधिकारी न्यु योर्क, समर बुढाथोकी न्यूजर्सी, प्रेम तामाङ म्यासाचुसेट, हरि राज जोशी कनेटिकट, फिलिप के सी क्यान्सास, कुमार जङ्ग कार्की कोलोराडो, के स क्षत्र कुमारी गुरुङ, पूर्व अध्यक्ष शिव कुमार राई, अनुगमन समितिका प्रमुख डा रुद्र अर्याल, स्थानीय च्याप्टरका सबै पदाधिकारीहरू, स्थानीय सङ्घ संस्थाका पदाधिकारीहरू सोम गुरुङ नेपाली समाज, राई समाज अध्यक्ष मुक्ति नारायण राई, तमु समाजका पूर्व अध्यक्ष शम्भु गुरुङ, उपाध्यक्ष हितमान गुरुङ, जनजाति महासङ्घ अध्यक्ष एवं संस्थाका उपाध्यक्ष सुन्दरी गुरुङ, संस्कृति सम्पदा उपसमिति अन्तर्राष्ट्रिय सङ्घका सदस्य एवं च्याप्टर पूर्व अध्यक्ष ईश्वरी भट्ट, लायन्स कल्वका अध्यक्ष उमेश कोइराला, अनेसास केन्द्रीय कोषाध्यक्ष कृष्ण कुमार गिरी, अनेसास अध्यक्ष हरि माया अधिकारी, साथै स्थानीय समाजसेवी वुध्दिजिवी नेपाली समाजका पूर्व अध्यक्ष रविन थापा, लोक लामा गोले लगायतका व्यक्तिहरूको ठुलो मात्रामा उपस्थिति रहेको थियो ।

कार्यक्रममा अध्यक्ष सुनिल शाहले न्यूह्यामसायरले गरेको कामको प्रशंसा गर्दै एन आर एन हुनुको महत्त्व बताउनु भएको थियो । महासचिव पशुपति पाण्डेले संस्थाले गरेका कामहरूको विवरण संक्षेपमा बताउनु भएको थियो । कार्यक्रममा उपस्थित सबैले आ-आफ्नो मन्तव्य राख्दै सदस्यता वितरणमा तीव्रता दिनु पर्नेमा जोड दिनु भएको थियो । केन्द्रको ३० हजार सदस्यता पुर्‍याउने लक्षमा पुग्न दैनिक कम्तीमा ७५० सदस्य बन्नु पर्ने र भेरीफिकेशनमा आएका समस्या बारे डा पन्तले व्याख्या गर्नु भएको थियो । भेलामा उपस्थित महानुभावहरूबाट एनआरएन सम्बन्धी विविध प्रश्न एवं जिज्ञासा राख्नु भएको र आएका जिज्ञासा एवं प्रश्नहरूको महासचिव पशुपति पाण्डे, सचिव गोपेन्द्र भट्टराई, बि आर लामा, कृष्ण जीवी पन्त, बुद्धि सुवेदीहरूले जवाफ दिनु भएको थियो ।

कार्यक्रम न्यूह्यामसायर च्याप्टरका अध्यक्ष डम्बर कडरियाले सञ्चालन गर्नु भएको थियो भने सहभागी पाहुनाहरूलाई च्याप्टर उपाध्यक्ष सुन्दरी गुरूङ्ले  स्वागत गर्नु भएको थियो । कार्यक्रमको अन्तमा साहित्यकार डा. दुर्गा दाहालको परलोक भएको खबरले सबैलाई स्तब्ध बनायो र सोही सभाबाट स्वर्गीय आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारहरूमा हार्दिक समवेदना प्रकट गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू